Tuesday, January 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

धनुषामा ८० विघा आँप बगैँचा फाडेर सोलार प्लान्ट राख्ने तयारी

प्रभाव संवाददाता by प्रभाव संवाददाता
१ बर्ष अगाडि
in समाचार
0
धनुषामा ८० विघा आँप बगैँचा फाडेर सोलार प्लान्ट राख्ने तयारी
29
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

२३ साउन, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा ८० बिघा आँपको बगैंचा फडानी गरेर सौर्य प्लान्ट स्थापनाको तयारी भएको छ ।

काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित जन्दादेवी सोलार प्रालिले आँप पकेट क्षेत्रमा सौर्य प्लान्ट स्थापनाको काम अघि बढाएको छ । ५० मेगावाट सौर्य विद्युत उत्पादन गर्ने प्लान्ट स्थापनाका लागि १२ जना किसानसँग १६ बिघा जग्गा ३० वर्षका लागि भाडामा लिने सम्झौता गरिसकेको छ ।

उक्त कम्पनीले २९ असारमा किसानहरुसँग गरेको सम्झौतामा वार्षिक प्रतिकठ्ठा ८ हजार रुपैयाँ र प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने उल्लेख छ ।

संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले त्यहाँ कुनै सिँचाइ आयोजना नरहेको भन्दै ती जग्गा सिँचाइयोग्य नरहेको प्रमाणित गरिदिएको छ ।

त्यस्तै बटेश्वर गाउँपालिका–१ को वडा कार्यालयले १ साउनमा केन्द्र र प्रदेश सरकारका कुनै सिँचाइ आयोजना नभएको भन्दै ती जग्गा सिँचाइ योग्य नरहेको प्रमाणित गरिदिएको छ ।

जन्दा देवी सोलार प्रालिले लिन खोजेको सबै जग्गामा आँप खेती रहेको वडा नं. १ का वडाध्यक्ष अशोककुमार महतो बताउँछन् । उनका अनुसार वर्षेनी यस क्षेत्रबाट लाखौं रुपैयाँको आँप बिक्री हुन्छ ।

‘प्रस्तावित सोलार प्लान्टका लागि ८० विघा जग्गा चाहिने भनेको छ । त्यो सबै जग्गामा अहिले आँप खेती छ । आँप उत्पादन हुन्छ’, वडाध्यक्ष महतोले भने ।

किसानहरु विभाजित

आँप खेती फडानी गरेर सोलार प्लान्ट स्थापना गर्ने विषयमा किसानहरु विभाजित छन् । कुनै वर्ष आँपखेतीमा क्षति भोग्दा सरकारले राहत नदिएको भन्दै कतिपय किसान सोलार प्लान्ट स्थापनाका लागि जग्गा दिनु बाध्यता भएको बताउँछन् ।

स्थानीय नथुनी कुशवाहा भन्छन्, ‘हावाहुरी असिनापानीले पटक पटक आँप खेतीमा ठूलो क्षति भयो । कयौं पटक हामी पीडित किसान संकटमा पर्‍यौं । सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउँदै गुहार लगायौं । मन्त्री, सिडियो सबै अवलोकन गरेर गए । तर राहत कतैबाट पाइएन । यो जग्गा सोलार प्लान्टका लागि दिनु हाम्रो बाध्यता हो ।’

सरकार अहिले पनि आँप किसानप्रति गम्भीर भए सोलार प्लान्टलाई यथास्थितिमै रोक्ने उनको भनाइ छ ।

अर्का किसान रामखेलावन महतोको भनाइ पनि नथुनीकै जस्तो छ । उनका अनुसार सोलार प्लान्टलाई जग्गा दिने विषयमा केही किसानहरुबीच छलफल भएको थियो । यसपटक आँप सस्तो भएर कयौं किसानको आँप लिने व्यापारी नै आएनन् ।

‘त्यसरी क्षति ब्यहोर्नु भन्दा कठ्ठाको वार्षिक ८ हजार रुपैयाँमा सोलार प्लान्टलाई नै दिन उपयुक्त हो भन्नेमा सबै सहमत भए’, उनले भने ।

आँप खेतीको प्रवर्द्धन गर्न चित्रपुरमा स्थानीयले १४ असारमा आँप मेला आयोजना गरेका थिए । तर, पकेट क्षेत्रको ८० बिघाकै आँप खेती नै फडानी गरेर सोलार प्लान्ट बसाउने तयारीले केही किसान दुःखी छन् । र सोलार प्लान्टको विपक्षमा उभिएका छन् ।

‘आँप खेती चित्रपुर गाउँको पहिचान हो । आँप खेतीलाई व्यवस्थित बनाउँदै बजारीकरणमा जोड दिनुपर्छ । यस पटकदेखि बजारीकरणको पहल भएको छ । विभिन्न शहरमा बटेश्वर चित्रपुरको आँप चिनाउने प्रयास भएको छ’ स्थानीय आँप किसान रामउदगार महतो भन्छन् ।

तर आँप पकेट क्षेत्रमा आँप खेती फाँडेर सोलार प्लान्ट स्थापना गर्नु खेदजनक भन्दै उनी यसलाई रोक्नुपर्ने बताउँछन् ।
सोलार प्लान्टका लागि अन्यत्र खाली जग्गा खोज्न सकिने उनको भनाइ छ । आँप खेती फाँडेर सोलार प्लान्ट राख्न खोजे आन्दोलन हुने महतोको चेतावनी छ ।

स्थानीय शिक्षक समेत रहेका आँप किसान धर्मेन्द्रकुमार महतोलाई सोलार प्लान्टमाथि शंका छ ।

‘आज जग्गा लिजमा लिएर आँपका रुख फडानी गरी सोलार प्लान्ट स्थापना हुन्छ । भोलि घाटा लागेर ठेकेदार भाग्यो भने खेतको अवस्था के होला ?’, उनी भन्छन् ‘त्यसकारण म जस्ता धेरै किसान अहिलेसम्म दिने निर्णयमा पुगिसकेका छैनौं ।’

कम्पनी भन्छ : अन्यत्र जग्गा पाइएन

जल्दादेवी सोलार प्रालिले भने अन्यत्र जग्गा नपाइएको बताए । उत्पादित सौर्य विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्ने हुनाले ढल्केबर सब स्टेशन नजिकको जग्गा चाहिने कम्पनीका प्रतिनिधि इन्जिनियर अभिषेक पराजुलीले बताए ।

‘अन्यत्र एकै ठाउँमा ८०–८५ बिघा जग्गा पाइएन । बटेश्वरको आँप पकेट क्षेत्रका किसानले दिन मानेपछि हामीले त्यहाँ प्लान्ट स्थापनाको तयारी गरेका हौं । जग्गा महंगो नै लिनुपरेको छ । आँप बगैंचाको जग्गा लिनु हाम्रो पनि बाध्यता नै हो’, उनले भने ।

Previous Post

इस्माइल हानिया र मोहम्मद डेफको मृत्यु भएपछि याह्या सिन्वार हमास प्रमुख नियुक्त

Next Post

बंगलादेश तनाव : नेपालसँग ऊर्जा सम्झौता अनिश्चित

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
बंगलादेश तनाव : नेपालसँग ऊर्जा सम्झौता अनिश्चित

बंगलादेश तनाव : नेपालसँग ऊर्जा सम्झौता अनिश्चित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
विशेष महाधिवेशन : जम्मा मतदाताको संख्या चार हजार ७४३ जना

विशेष महाधिवेशन : जम्मा मतदाताको संख्या चार हजार ७४३ जना

२९ पुष २०८२, मंगलवार
कांग्रेस विशेष महाधिवेशन : सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क

२९ पुष २०८२, मंगलवार

Casino en direct : Les meilleurs casinos pour jouer avec croupier

२९ पुष २०८२, मंगलवार

Taxes On Gambling Winnings & Losses: Gambling Taxes Explained

२९ पुष २०८२, मंगलवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

विशेष महाधिवेशन : जम्मा मतदाताको संख्या चार हजार ७४३ जना

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क

Casino en direct : Les meilleurs casinos pour jouer avec croupier

Taxes On Gambling Winnings & Losses: Gambling Taxes Explained

Pin Up Casino Onlayn Oyunlarında Populyar Məsələlərin Araşdırılması

Gerçek Paralı Casino Oyunları: Türkiyede En İyi Siteler Ve Oyunlar

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति