Tuesday, July 8, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • शेयर
    • लगानी
  • वैंकिङ
  • जीवनशैली
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • शिक्षा
  • मनोरंजन
    • गसिप
      • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • पत्रपत्रिका
  • विदेश
  • राजनीति
  • अन्य
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • शेयर
    • लगानी
  • वैंकिङ
  • जीवनशैली
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • शिक्षा
  • मनोरंजन
    • गसिप
      • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • पत्रपत्रिका
  • विदेश
  • राजनीति
  • अन्य
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home मनोरंजन

नेपथ्यको नयाँ भिडियोमा ‘हिमाल चुचुरे’

Hamro Prabhav by Hamro Prabhav
४ महिना अगाडि
in मनोरंजन, समाचार
0
नेपथ्यको नयाँ भिडियोमा ‘हिमाल चुचुरे’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : नेपथ्य ब्यान्डलाई उसको प्रारम्भिक दिनमा लोकप्रियता दिलाउने एउटा गीतले तीन दशकपछि फेरि आफ्नो चोला परिवर्तन गरेको छ।

‘जाऊँ भने जाऊँ त नि

दुईचार महिना घुमेर आऊँ त नि
हिमाल चुचुरे
दाइको मन कस्तो बानी निष्ठुरे’

लोकलयमा आधारित यो पुरानो गीतलाई ब्यान्डले त्यतिखेर ‘पप’ शैलीमा ढालेको थियो। अब भने यो गीत ‘लोक रक’मा रूपान्तरित भएर भिडियोमा देखापर्दैछ।
यो नवीन स्वरुपसहित पुरानो गीतलाई सिँगार्ने जमर्को ब्यान्ड र नयाँ पुस्ताका भिडियोकर्मीहरुले संयुक्त रुपमा गरेका हुन्।

नेपथ्यसँग केही वर्षयता सहयात्रा गर्दैआएका भिडियोग्राफर दिपित राजले गत वर्ष नेपाल र अमेरिकामा आयोजित नेपथ्य कन्सर्टका दृश्यबाट सवा चार मिनेट लामो यो भिडियो तयार पारेका हुन्। गीतलाई नयाँ स्वरुपमा भने ब्यान्ड स्वयंले ढालेर केही समययता कन्सर्टहरुमा गाउँदै आएको छ।

भर्खरै बजारमा उपलब्ध नेपथ्य ब्याण्डको जीवनीमा यस गीतको रोचक पृष्ठभूमि पनि पढ्न सकिन्छ।

नेपथ्यका संस्थापकद्वय अमृत गुरुङ र दिपकजङ्ग राणा कुनै समय पोखराको गण्डकी बोर्डिङ स्कुलमा पढ्थे। एक दिन सङ्गीत जानेका दुई जना ‘गोरा’ उनीहरूको स्कुलमा आइपुगे।

हिप्पीजस्ता ती गोराले स्कुलमा सांस्कृतिक कार्यक्रम गर्ने भए। साथमा जादु र चटक पनि देखाउने भनिएको थियो। कार्यक्रमका निम्ति तोकिएको ‘डाइनिङ हल’ मा विद्यार्थीको भिड लाग्यो। त्यो दिन उनीहरूले थुप्रै गीत सुनाए। तीमध्ये धेरैजसो अङ्ग्रेजी थिए। एउटा भने सङ्कलन गरिएको नेपाली लोकगीत थियो।
त्यो गीत सुनाइरहँदा अर्कै कुराले रमाइलो हुन पुग्यो। ती गोराहरूले गितार बजाउँदै उनीहरूको लबजमा ‘दाइको मन कस्तो’ उच्चारण गर्न खोज्थे, जुन ‘डाइको मन क्यास्टो’ सुनिन्थ्यो। यसरी जिब्रो चिप्लिँदा विद्यार्थीहरू खुबै स्वाद मानेर रमाउँथे।

कतिसम्म भने गण्डकी बोर्डिङका केटाहरू पछिसम्मै ‘बहिनी त कस्तो राम्रो’ भन्नुपर्दा ‘क्यास्टो राम्रो’ भन्थे। जिब्रो र मस्तिष्कलाई प्रभाव पारेको त्यस गीतको सम्झना दीपक र अमृतको स्मृतिमा ताजै थियो।

कालान्तरमा उनीहरूले खोलेको ब्यान्डको दोस्रो एल्बममा सम्झनाबाट निकालेर यो गीतलाई फेरि पस्कने मात्र नभई त्यस एल्बमको नामकरण यसै गीतबाट हुनपुगेको थियो। नेपथ्यको दोस्रो एल्बम ‘हिमाल चुचुरे’ सन् १९९४ मा तयार भएको थियो।

‘हिमाल चुचुरे गीतलाई सुरुमा बिग्रिएको जिब्रो अनुसारै क्यास्टो भनेर रेकर्ड गर्ने चाहना थियो,’ संस्थापक एवं गायक अमृत भन्छन्, ‘तर साथीहरूमा मत नमिलेपछि अलिक मिलाएरै तयार पारेका थियौं।’

स्कुल जीवनमा प्रभाव पारेको त्यो गीतले यसरी समयसँगै चोला फेर्दै गएको देखेर आफूलाई पनि खुसी लागेको अमृत सुनाउँछन्।

‘नयाँ पुस्ताको रुचिअनुसार नौला गीतहरू नेपथ्यले सदैव सुनाउँदै आएको छ,’ ब्यान्डको व्यवस्थापन सम्हाल्ने नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘कहिलेकाहीँ कुनै कालखण्डमा ब्यान्डले नै गाएको पुरानो गीतलाई पनि नयाँपन दिँदा त्यस्ता रुचिको सम्बोधन हुन सक्ने आँकलन गरेरै यो गीत यस रुपमा पुनः प्रस्तुत गरेका हौं।’

Previous Post

छात्रवृत्तिका लागि २० जनाको सिट खाली, आवेदन दिन प्रम ओलीको आग्रह

Next Post

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि भिडन्त: नेपाल र म्यानमार आमनेसामने

Hamro Prabhav

Hamro Prabhav

Next Post
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि भिडन्त: नेपाल र म्यानमार आमनेसामने

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि भिडन्त: नेपाल र म्यानमार आमनेसामने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

Mostbet Apostas Esportivas & Cassino

२४ असार २०८२, मंगलवार

Set Up That Casino Business Opportunities”

२४ असार २०८२, मंगलवार

First Singapore Casino Opens

२४ असार २०८२, मंगलवार

How In Order To Win The Gta Online Podium Car Every Time

२४ असार २०८२, मंगलवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • अर्थतन्त्र
  • वैंकिङ
  • जीवनशैली
  • खेलकुद
  • शिक्षा
  • मनोरंजन
  • पत्रपत्रिका
  • विदेश
  • राजनीति
  • अन्य

Mostbet Apostas Esportivas & Cassino

Set Up That Casino Business Opportunities”

First Singapore Casino Opens

How In Order To Win The Gta Online Podium Car Every Time

Casino 1995 Plot

Mostbet Apostas Esportivas & Cassino

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • शेयर
    • लगानी
  • वैंकिङ
  • जीवनशैली
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • शिक्षा
  • मनोरंजन
    • गसिप
      • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • पत्रपत्रिका
  • विदेश
  • राजनीति
  • अन्य
    • रोचक खबर
    • विज्ञान
    • साहित्य