Friday, November 14, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

अमेरिका र युक्रेनबीच अर्को साता वार्ता हुने निश्चित

Hamro Prabhav by Hamro Prabhav
८ महिना अगाडि
in राजनीति, समाचार
0
अमेरिका र युक्रेनबीच अर्को साता वार्ता हुने निश्चित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २३ फागुन – अमेरिकी र युक्रेनी उच्च अधिकारीहरूबीच अर्को साता वार्ता हुने निश्चित भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार वक्तव्य जारी गर्दै दुई देशका अधिकारीहरूबीच चाँडै सार्थक छलफल हुने बताएका छन्।

‘युक्रेनी र अमेरिकी टोलीले फेरि काम सुरू गरेका छन्। अर्को साता महत्वपूर्ण वार्ता हुनेछ भन्नेमा आशावादी छौं,’ जेलेन्स्कीले भनेका छन्। उनले मंगलबार वार्ता हुने उल्लेख गरेका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकफले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै युक्रेनसँग वार्ताको पहल भइरहेको बताएका थिए।

‘वार्ताको तयारी हुँदैछ। सम्भवतः यो रियाद वा जेद्दामा हुनेछ,’ उनले भने, ‘वार्ताले शान्ति सम्झौता र प्रारम्भिक युद्धविरामको आधार तय गर्नेछ।’

विटकफका अनुसार ह्वाइट हाउसमा चर्काचर्की भएपछि जेलेन्स्कीले पठाएको पत्रले वार्ता पुनः सुरु गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।

‘राष्ट्रपति जेलेन्स्कीले शान्तिको मार्गमा फर्कने चाहना देखाउनुभएको छ। उहाँले आत्माआलोचना गर्दै शान्ति प्रक्रियामा संलग्न हुने प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने।

विटकफले जेलेन्स्की खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको पनि उल्लेख गरे।

जेलेन्स्कीले उक्त बैठकमा रूससँगका विभिन्न प्रतिबद्धताहरूलाई प्राथमिकता दिने बताएका छन्।

‘युक्रेनी जनता शान्ति चाहन्छन्, तर आफ्नै भूभाग गुमाएर होइन,’ उनले भने, ‘रूस साँच्चै युद्ध अन्त्य गर्न इच्छुक छ कि छैन भन्ने मूल प्रश्न हो।’

यसैबीच, ह्वाइट हाउसमा विवाद भएको ७२ घन्टाभित्रै ट्रम्पले युक्रेनलाई दिँदै आएको सैन्य सहायता अस्थायी रूपमा रोक्ने निर्णय गरेका छन्।

मंगलबार अमेरिकी संसदमा सम्बोधन गर्दै ट्रम्पले युक्रेनसँग सम्झौताका लागि आफू तयार रहेको उल्लेख गरेका थिए।

‘युक्रेनको सुरक्षा र खनिज सम्झौताबारे जुनसुकै बेला छलफल गर्न तयार छु। युक्रेनमा युक्रेनीहरुभन्दा बढी शान्ति अरू कसैले चाहँदैन। त्यसैले चाँडै वार्तामा बस्नुपर्छ भन्नेमा हामी सहमत छौं,’ ट्रम्पले कंग्रेसमा भनेका थिए।

उनले जेलेन्स्कीले अमेरिकाले युक्रेनको सार्वभौम सत्ता र स्वतन्त्रताको सुनिश्चितताका लागि गरेको सहयोगको प्रशंसा गरेको खुलासा गरे।

‘ट्रम्पको बलियो नेतृत्वसँग काम गर्न तयार रहेको कुरा जेलेन्स्कीले पत्रमा उल्लेख गरेका छन्। यस्तो पहल सराहनीय छ,’ ट्रम्पले थपे।

साथै, ट्रम्पले रूससँग पनि वार्ता गरिरहेको खुलासा गरे।

‘रूस पनि शान्तिका लागि तयार रहेको संकेत मिलिरहेको छ। यसभन्दा राम्रो के हुन सक्छ?’ उनले भने।

यसैक्रममा, युक्रेनी राष्ट्रपति जेलेन्स्कीका प्रमुख कर्मचारी एन्ड्री यर्मार्कले अमेरिकी राष्ट्रपति ट्रम्पका प्रमुख सुरक्षा सल्लाहकार माइकल वाल्जसँग बुधबार टेलिफोन वार्ता गरेका थिए।

टेलिफोन संवादपछि यर्मार्कले दुई देशका अधिकारीहरू चाँडै भेट्ने सहमति भएको जानकारी दिए।

‘हामीले सुरक्षा र द्विपक्षीय सम्बन्धका विषयमा विचार आदान–प्रदान गर्यौं। शान्ति स्थापनाका महत्त्वपूर्ण कदमहरूबारे छलफल गर्दै निकट भविष्यमा वार्ता गर्ने निर्णय गरेका छौं,’ उनले बताए।

Previous Post

यो साता बजारमा सेयर मूल्य धेरै बढेका यी १० कम्पनी

Next Post

सुडानको ह्वाइट नाइलमा हैजाबाट दुई हप्तामा ९२ जनाको मृत्यु

Hamro Prabhav

Hamro Prabhav

Next Post
सुडानको ह्वाइट नाइलमा हैजाबाट दुई हप्तामा ९२ जनाको मृत्यु

सुडानको ह्वाइट नाइलमा हैजाबाट दुई हप्तामा ९२ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
हायातबाट टेलिभिजन चोरेको आरोपमा एक जना पक्राउ

हायातबाट टेलिभिजन चोरेको आरोपमा एक जना पक्राउ

२४ कार्तिक २०८२, आईतवार
काठमाडौं महानगरभित्र फोहोर, प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध

काठमाडौं महानगरभित्र फोहोर, प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध

२४ कार्तिक २०८२, आईतवार
बालेनलाई दुर्गा प्रसाईंको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्

बालेनलाई दुर्गा प्रसाईंको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्

२४ कार्तिक २०८२, आईतवार
विप्लवको आह्वान– सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन गरौं

विप्लवको आह्वान– सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन गरौं

२१ कार्तिक २०८२, बिहीबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

हायातबाट टेलिभिजन चोरेको आरोपमा एक जना पक्राउ

काठमाडौं महानगरभित्र फोहोर, प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध

बालेनलाई दुर्गा प्रसाईंको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्

विप्लवको आह्वान– सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन गरौं

कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन

प्रतितोला ११ सय रुपैयाँ घट्यो सुन

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति