Thursday, December 11, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

बानेश्वरमा संसद् बैठक राखेर बालुवाटारमा सत्तापक्ष

Hamro Prabhav by Hamro Prabhav
९ महिना अगाडि
in समाचार
0
बानेश्वरमा संसद् बैठक राखेर बालुवाटारमा सत्तापक्ष
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१३ चैत, काठमाडौँ । बानेश्वरमा संसद बैठक राखेर सत्तारुढ दलहरू भने प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका छन् ।

बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभा बैठक आधा घण्टा ढिलो सुरु भएको थियो । त्यसबेला सत्तापक्षका शीर्ष नेताहरू संसद भवनभित्र थिएनन् । उनीहरू बालुवाटनारमा सत्तापक्षको बैठकमा भेला भएका थिए ।

शीर्ष नेताहरू मात्रै नभएर संसद बैठक सञ्चालनका लागि सहजीकरण गर्ने जिम्मेवारीमा रहेका प्रमुख सचेतकहरू समेत बालुवाटारमै थिए ।

यता संसद भवनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा सरकारको जवाफ माग्दै विपक्षीले अवरोध गरे ।

उता बालुवाटारमा सत्तापक्षको बैठक सुरु भयो । यता सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेर अर्को बैठकका लागि वातावरण बनाउन लागि परे । तर, सत्तापक्षकै प्रमुख सचेतक बालुवाटार छन् ।
बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू उपस्थित छन् ।

यता बानेश्वरमा विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ खोजिरहेका छन् । सभामुख देवराज घिमिरेले जवाफका लागि प्रधानमन्त्रीलाई सूचना दिनुपर्ने भनेर विपक्षीलाई सम्झाउन खोजेका थिए । त्यतिबेला संसद भवनमा प्रधानमन्त्री भएको भए जवाफ दिन्छु भन्न सक्थे वा वातावरण सहज बनाउन प्रधानमन्त्रीको भूमिका हुन सक्थ्यो । तर, प्रधानमन्त्री संसद भवनमा नभएर बालुवाटारमा सत्तापक्षको बैठकमा थिए ।

बालुवाटारमा जारी सत्तापक्षको बैठकमा अनय सत्तापक्षका शीर्ष नेताहरू पनि उपस्थित छन । जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समावादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राईलगायतका नेताहरू सहभागी छन् ।

यता बानेश्वरमा संसद बैठक सहज रुपमा चलाउन प्रमुख सचेतकको भूमिका खोजिरहेका छन् । तर, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे यता वालुवाटारमा सत्तापक्षको बैठकमा छन् ।

आधा घण्टाका लागि स्थगित प्रतिनिधि सभाको बैठक सूचारु गर्नका लागि सभामुख घिमिरेले दलहरूसँग संवाद गरिरहेका छन् । तर, प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने अडान विपक्षी दलहरूको छ ।

Previous Post

आगलागी भएको सेन्टर प्लाजाबाट १६ जनाको उद्धार

Next Post

देवरले लागुऔषधको नशामा रहँदै भाउजुको हत्या गरेका थिए ।

Hamro Prabhav

Hamro Prabhav

Next Post
देवरले लागुऔषधको नशामा रहँदै भाउजुको हत्या गरेका थिए ।

देवरले लागुऔषधको नशामा रहँदै भाउजुको हत्या गरेका थिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

१८ मंसिर २०८२, बुधबार
देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

९ मंसिर २०८२, सोमबार
बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

८ मंसिर २०८२, आईतवार
महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

८ मंसिर २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

एमाले महाधिवेशन भाँड्ने प्रयास हुँदैछ : ओली

निर्वाचन आयोगमा ३७ दल दर्ता, कांग्रेस-एमालेको बाँकी

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति