माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। विशेष कारणबस अर्को सूचना नभएसम्मका लागि स्थगित भएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ। आन्तरिक गृहकार्य नभएको भन्दै बैठक स्थगित गरिएको बताइएको छ। माओवादीले यसअघि पनि कोरोनाको कारण देखाउँदै बैठक पटक-पटक स्थगित गरेको थियो। पुस ११ देखि १८ सम्म गरेको आठौं राष्ट्रिय महाधिवेशनबाट माओवादी केन्द्रले अध्यक्षबाहेक अरु पदाधिकारी चयन गर्न सकेको छैन। यस्तै स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीले पनि पूर्णता भएको छैन। माओवादीमा खास गरी महासचिव पदलाई लिएर नेताहरुबीच तानतान छ।
दीपिकालाई फ्यानको प्रश्नः अंतरंग दृश्यहरू गर्दा श्रीमान रणवीरसँग अनुमति लिइन्छ
भोलि अर्थात् फेब्रुअरी ११ देखि भारतमा चलचित्र ‘गेहेराइया’ रिलिज हुँदैछ। सो चलचित्रमा चर्चित अभिनेत्री दीपिका पादूकोण, सिद्धान्त चतुर्वेदी, अनन्या पाण्डे, धैर्य कर्वाजस्ता कलाकारको भूमिका रहेको छ। सार्वजनिक भएको ट्रेलर तथा टिजरमा यो चलचित्र प्रेममा आधारित चलचित्र भनेर हामी ठम्याउन सक्छौं। चलचित्रमा दीपीका पादूकोणले सिद्धान्त चतुर्वेदीसँग अन्तरंग सिनहरु दिएकी छ्न्।ि
ट्रेलरमै दीपिकाले उनलाई चुम्बन गरेको देखिएको छ। यसबीचमा उनका फ्यानहरुले सामाजिक संजालमा दीपिकालाई अन्तरंग दृश्य दिँदा श्रीमान रणवीर सिंहसँग अनुमति लिनुहुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन्। बलिउड बबलले फ्यानहरुको प्रश्न भन्दै यो प्रश्न गरेपछि दीपिका यसो भन्छिन्ः ‘यस्ता प्रश्न आइरहँदा हामीले प्रतिक्रिया दिनु मूर्खता हो। म त मुख्य कुरा कमेन्ट नै पढ्दिन। मलाई लाग्छ श्रीमान रणवीरले पनि कमेन्ट पढ्दैनन्।’
बलात्कारको आरोपमा एमाले सांसद विरुद्ध मुद्धा दर्ता
नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरुद्ध बलात्कारको आरोपमा मुद्दा दर्ता भएको छ। जुम्लाकी एक महिलाले जिल्ला प्रहरी कार्यालय बाँकेमा बानियाँ विरुद्ध मुद्धा दर्ता गरेकी हुन। प्रहरी कार्यालयमा आएको जाहेरी दर्ता भएको बाँके प्रहरीले जनाएको छ। यसअघि सभामुख र संघीय संसद सचिवालयबाट अनुमति लिनुपर्ने भन्दै प्रहरीले दर्ता गर्न मानेको थिएन। सांसद बाँनियाले नेपालगञ्ज स्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको महिलाले जाहेरीमा उल्लेख गरेकी छिन्। जाहेरी दर्ता भएसँगै प्रहरीले अब अनुसन्धान प्रकिया अगाडी बढाउने जनाएको छ।
नेप्से २८ सयमा झर्यो, कारोबार रकम पनि घट्दो
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज पनि गिरावट आएको छ। नेप्से परिसुचक आज ११.९६ बिन्दुले घटेर २८०१.५६ को बिन्दुमा बजार बन्द भएको छ। क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा पनि सामान्य गिरावट आएको छ। यसदिन कारोबार रकम ३ अर्ब ८२ करोड बढी छ।
अमेजनले ६० करोडमा किन्यो साउथ सुपरस्टार विजयको ‘लाइगर’, माइक टाइसन पनि चलचित्रमा
साउथ सुपरस्टार विजय देवरकोन्डाको नयाँ फिल्म ‘लाइगर’लाई लिएर दर्शकमाझ छुट्टै किसिमको उत्साह छ। यही फिल्मबाट विजयले बलिउडमा पाइला चाल्दैछन्। विजयलाई हिन्दी दर्शकले फिल्म ‘अर्जुन रेड्डी’का कारण चिन्दछन्। जुन फिल्म बक्सअफिसमा सुपरहिट साबित भएको थियो। फिल्म ‘लाइगर’ मा विजयसँगै अभिनेत्री अनन्या पाण्डेको अभिनय छ। फिल्मको सेटबाट केही समयअघि दुवैको तस्बिर बाहिर आएको थियो। जसमा दुवैजना स्टन्ट गरिरहेको देख्न सकिन्थ्यो।
फिल्ममा विजय र अनन्याका अलावा माइक टाइसन पनि देखिँदैछन्। माइकले केही दिनअघि फिल्मको लागि सुटिङ पूरा गरेका थिए। फिल्ममा माइकको स्पेसल केमियो हुनेछ। फिल्ममा विजयले माइकबाट प्रभावित बक्सरको भूमिका निभाउँदैछन्। हालैमात्र फिल्मका निर्माताले फिल्मको डिजिटल राइट अमेजन प्राइम भिडियोलाई बेचेका छन्। उनीहरूले ६० करोड रुपैंयाँमा फिल्म बिक्री गरेका हुन्।
विप्लव कार्यकर्ताले कार्यालयमै पुगेर वडाध्यक्षलाई दले कालोमोसो
नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका वडा अध्यक्षलाई मोसो दलेका छन। बिहीबार बेलडाँडी गाउँपालिका–२ का वडा अध्यक्ष प्रेम खातीलाई उनीहरुले मोसो लगाएका हुन् । विप्लव निकट युवा संगठनले विज्ञप्ती जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ। वडा अध्यक्षले भ्रष्टाचार गरेकाले ‘जनकारबाही’ गरिएको उनीहरुको दाबी छ।
वडा अध्यक्षले वडा कार्यालय गाउँपालिकामा राखेर अन्तै भाडा दिएको, लघुवित्तहरुलाई जमिनसहित १५ लाख दिएको, मनोमानी रुपमा कर्मचारी भर्ना गरेको, उपभोक्ता समितिद्धारा आफु अनुकुल काम गरेको आरोप लगाइएको छ।
एमसीसी अनुमोदन गर्नुपर्नेमा नेपाली काँग्रेसको जोड
नेपाली काँग्रेसले अमेरिकी आर्थिक सहयोग एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिएको छ । बिहीबार र पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा, नेता शशांक कोइराला लगायतले एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत नरहेको भन्दै एमसीसी पास गर्नुपर्नेमा जोड दिएका हुन् ।
बैठक जारी रहेकै बेला बाहिरिएका नेता शशांक कोइरालाले एमसीसीमा सबै नेता एकमत जस्तै रहेको बताए । उनले जनतालाई पनि एमसीसी नेपालको विकाससँग जोडिएकाले सोहीअनुसार बुझाउनुपर्नेमा नेताहरुले जोड दिएको बताए ।
सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने राप्रपाको निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउँदै सबै स्थानीय तहमा उमेदवार खडा गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
कमल थापाले पार्टी छाडेपछि बसेको उक्त बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीसहित पदाधिकारीहरु र प्रदेश कार्य समितिका अध्यक्षहरूको उपस्थिति रहेको उनको भनाए छ ।
चेल्सी फाइनलमा
इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलालविरुद्ध १(० को जित निकाल्दै चेल्सी उपाधि नजिक पुगेको हो । रोमेलु लुकाकुले ३२औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । चेल्सीले उपाधिका लागि शनिबार ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पाल्मिरसले इजिप्टको अल अह्लिलाई २–० ले पराजित गरेको थियो ।














