एन सी एफ नेपाल, ख्रीष्टियन समाज र ख्रीष्टियन महासंघ बीच एकता घोषणा
नेपाली ख्रीष्टियन इतिहासमा पहिलो पटक एन सी एफ नेपाल, ख्रीष्टियन समाज र ख्रीष्टियन महासंघ बीच एकता भएको छ
आज ललितपुरमा रहेको आराधना मण्डलीमा एक कार्यक्रम का बीच ३ ओटै सस्था एकता भएको घोषणा गरिएको थियो
नेपाली ख्रीष्टियन जगतमा नया बिहानीको उदय भएको र अब नेपाली ख्रीष्टियन समुदायले न्याय पाउने मा आफु ढुक्क रहेको एन सी एफ नेपाल का अध्यक्ष रेभ . हनोक तामाङ्ग ले जनाएको छ
अब यो एकताको सन्देशले सबैको बर्षौ देखिको प्रार्थनाको उत्तर पुरा भएको समेत अध्यक्ष तामाङ्ग भनाइ रहेको थियो
एकता घोषणा सभामा तिन ओटै सस्थाका पद अधिकारीहरुले ७ बुधे सहमतिमा हस्ताक्षर गरि अब तिन ओटै सस्था एकतामा आएको घोषणा गरिएको थियो
सर्लाहीमा ठूलो परिमाणमा लागुऔषध बरामद
सशस्त्र प्रहरी बल सर्लाहीले ठूलो परिमाणमा अवैध लागुऔषध नाइट्राभेट बरामद गरेको छ । शुक्रबार दिउँसो सर्लाहीको बरहथवा नगरपालिका–१७, श्रीपुर कटानीबाट ४० प्याकेट १२ सय पिस नाइट्राभेट ट्याब्लेट बरामद भएको सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गण कविलासीले जनाएको हो ।
लागुऔषध ओसारपसारमा संलग्न तस्करले ना ५५ प ९२८ नम्बरको मोटरसाइकलमा राखेर तस्करी गर्दैगर्दा उक्त लागुऔषध बरामद भएको सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका एसपी भरत खनियाँले जनकारी दिए । सशस्त्र प्रहरी सुरक्षा बेस सुन्दरपुर चोहर्वाको गस्ती टोलीलाई देख्नेबित्तिकै तस्कर लागुऔषध र मोटरसाइकल छाडेर फरार भएको एसपी खनियाँको भनाइ छ । तस्करले बोरामा राखेर लैजाँदै गरेको अवस्थामा लागुऔषध बरामद भएको प्रहरीले जनाएको हो । बरामद लागुऔषध र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय सर्लाहीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेशमा फागुनदेखि बिरामीलाई रगत निःशुल्क
गण्डकी प्रदेशमा बिरामीले आगामी फागुन १ गतेदेखि निःशुल्क रगत पाउने भएका छन् । रक्त परीक्षण र अन्य खर्च गण्डकी प्रदेश सरकारले बेहोरिदिने भएपछि बिरामीले निःशुल्क रगत प्राप्त गर्ने भएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि, २०७८ गत सोमबार मन्त्रिपरिषद्बाट पारित भएसँगै अब बिरामीले रगतका लागि रकम तिर्नु नपर्ने भएको हो ।
प्रदेशअन्तर्गतका सम्पूर्ण सरकारी तथा निजी अस्पतालमा रगत निःशुल्क गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले जानकारी दिए । उपलब्ध गराइएको सेवा शुल्क भुक्तानीका लागि मासिक रुपमा जिल्ला रगत तथा रगतजन्य सेवा व्यवस्थापन समितिमार्फत अस्पतालसमक्ष बिल भरपाई पेस गनुपर्ने उनको भनाइ छ । रक्तदाताले दान गरेको रगतको शुल्क लिन नहुने माग जनस्तरमा उठ्दै आएको उल्लेख गर्दै प्रवक्ता खड्काले त्यही माग सम्बोधन गर्दै अब गण्डकी प्रदेशका सम्पूर्ण स्वास्थ्य संस्थामा उपचार गराइरहेका बिरामीलाई निःशुल्क रगत उपलब्ध हुने बताए ।
त्रिपुरेश्वरमा आधुनिक शौचालय सञ्चालन
काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमका बीच महानगरका मेयर विद्यासुन्दर शाक्यले आधुनिक शौचालय उद्घाटन गरेका हुन् ।
एरोशानसँगको सहकार्यका निर्माण गरिएको शौचालय ५ स्वायर फिटमा निर्माण भएको छ भने यसको लम्बाई २८ फिट र चौडाई १२ फिट रहेको छ । महिला पुरुष दुवैले प्रयोग गर्न मिल्ने यस शौचालयमा पुरुष युरिनल ४ वटा क्युविकल २ वटा, महिलाका लागि २ वटा, एउटा समावेशी स्थान बनाइएको छ ।
२४ लाख खोप हराएका छैनन् : स्वास्थ्य मन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको २४ लाख खोप नहराएको जिकिर गरेका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले स्थानीय तहदेखि केन्द्रीय भण्डारणमा रहेकाका खोप र हालसम्म लगाइएको खोप विवरणमा ग्याप मात्रै भएको बताएका हुन् ।
रेकर्डमा नआएको खोपको खोजी गर्नका लागि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको नेतृत्वमा ५ सदस्य छानबिन समिति गठन गरिएको उनले सुनाए । छानबिन समितिलाई दुई हप्ताको समय दिइएकाले अब चाँडै खोपको विवरण सार्वजनिक गरिने गर्ने उनले बताए । खोप लगाउने प्राथमिकता नपरेकाहरूले यदि खोप लगाएको रेकर्ड नराखीकन खोप लगाएकाहरूलाई समेत खोप लगाएको केन्द्र गई तत्काल रेकर्ड राख्न मन्त्री खतिवडाले निर्देशन दिएका छन् सरकारले फागुन एक गतेदेखि १८ वर्ष माथिकालाई बुस्टर डोज दिने निर्णय गरेको छ । कोरोनाविरुद्धको दुवै मात्रा लगाएको ६ महिना पुग्नेहरूले अब बुस्टर डोज लगाइने मन्त्री खतिवडाले जनाकारी दिए ।
बत्ति निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न ओलीको चेतावनी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय, प्रदेश र संघको अब हुने निर्वाचनमा नेकपा एमाले एक्लैले बहुमत ल्याउने दावी गरेका छन् । शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभराम्भ गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार स्थानीय तह निर्वाचनप्रति सरकार सकारात्मक नहुनुमा विगतमा एमालेले ल्याएको परिणाम रहेका पनि बताए ।
उनले भने, ‘एमालेको बर्चस्व यिनीहरुलाई बिझाइरहेको छ । अब आउँदो निर्वाचनमा बहुमत जित्छौ । के गर्लान् विचराहरु ?’ ओलीको भनाइ छ । उनले चेतावनीको शैलीमा भने, ‘म भन्न चाहान्छु । भाग्न उम्किने ठाउँ छ भने खोजे हुन्छ । आउने संघीय र प्रदेश निर्वाचनमा पनि बहुमत ल्याउँछौ ।’ उनले एमालेले कसैलाई निर्वाचनबाट भाग्न नदिने भन्दै अबको निर्वाचनमा बत्ति निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिए ।
प्रधान सेनापतिद्वारा कञ्चनपुरमा निर्माणाधिन होल्डिङ सेन्टरको निरीक्षण
प्रधानसेनापति प्रभुराम शर्माले कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा निर्माणाधिन होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् । रक्षा सचिव किरणराज शर्मासहित सुदूरपश्चिम प्रदेश पुगेका सेनापति शर्माले शुक्रबार बिहान एक हजार क्षमताको सो निर्माणाधिन होल्डिङ सेन्टर निरीक्षण गरेका हुन् । गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
नेपाली सेनामार्फत होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्स्ट्रक्सन प्रालिले सेन्टरको निमार्णको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।
एमसीसीबारे सडकबाट होइन सदनबाटै निर्णय गरौं: दीपकराज गिरी
कलाकार दीपकराज गिरीले अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे संसदबाटै निर्णय गर्नुपर्ने बताएका छन। सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले एमसीसीको विषय सडकबाट नभएर संसदबाट गर्नुपर्ने धारणा राखेका छन् ।
प्रचण्डको प्रस्ताव– निर्वाचनपछि मात्रै एमसीसी पारित गरौँ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन पछि मात्रै अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्नुपर्ने प्रस्ट पारेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हिजो साँझ भएको टेलिफोन वार्ताका बारेमा प्रस्टीकरण दिदैँ प्रचण्डको सचिवालयले निर्वाचनपछि मात्रै एमसीसी पारित गर्नुपर्ने विषयमा छलफल भएको जनाएको छ ।
प्रचण्डका स्वकिय सचिव रमेश मल्लले अध्यक्ष प्रचण्ड र एमाले ओलीका बीचमा टेलीफोन सम्वाद भएको जनाउँदैँ ‘अध्यक्ष कमरेड प्रचण्डले एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो, यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं’ भन्दै प्रस्ताव गरेको स्विकार गरेका छन् ।
सुखद् सुरुआतको दाउमा नेपाल
आईसीसी टी-२० विश्वकप दोस्रो पटक खेल्ने लक्ष्य साथ ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले प्रतियोगिता अघि आजबाट सुरु हुने चारदेशीय शृंखला खेल्दैछ । शुक्रबार ओमानको अल अमेरात क्रिकेट मैदानमा पौने चार बजेबाट सुरु हुने खेलमा नेपालले घरेलु टोलीको सामना गर्न लागेको हो । नेपाल सहित आयोजक ओमान, संयुक्त अरब इमिरेट्स (यूएई) र आरल्याण्ड सम्मिलित शृंखला नेपाली टिमका लागि आफ्नो कमजोरी सुधार्ने राम्रो अवसर बनेको छ ।
ओमानमा पहिलो पटक सन्दीप लामिछानेले कप्तानी गर्दा विवेक यादब, लोकेश बम र सागर ढकालले सिनियर टोलीबाट पहिलो पटक खेल्नेछन् । यस शृंखलापछि नेपालले आगामी अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा आयोजना हुने विश्वकपका लागि ६ फागुनदेखि ओमानमा ग्लोबल छनोट खेल्नेछ । ग्लोबल छनोटमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।














