Sunday, December 7, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

२९ गतेको पुरा समाचारहरु

हाम्रो समाचार by हाम्रो समाचार
४ बर्ष अगाडि
in राजनीति, संगीत, समाचार
0
२९ गतेको पुरा समाचारहरु
18
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

ए मेरो हजुर ४’ को टाइटल गीत ट्रेन्डिङमा
झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचारको समेत सुरु गरेको छ । यसै क्रममा फिल्मको टाइटल गीत सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमका बीच फिल्मको गीत सार्वजनिक गरिएको हो । रवि मल्लको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत र सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ । गीतमा फिल्मका मुख्य कलाकार अनमोल केसी र सुहाना थापा रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा रहेको फिल्ममा झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ । कार्यक्रममा अभिनेत्री झरना थापाले आफ्नो फिल्म अभिनयको केही किस्सा सुनाउँदै गीत छायाङ्कनको दुःख समेत सम्झना गरिन् । गीत राम्रो बनेको प्रतिक्रिया दिनै उनले फिल्ममा पनि दर्शकको रुचि ध्यानमा दिएको बताइन् ।

भोलीबाट सर्वोच्च अदालतको सबै सेवा सञ्चालन हुने
सर्वोच्च अदालतले भोली देखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत ४ माघको पुर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चले १ फागुन देखी सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको हो । गत बिहीबार बसेको पूर्ण बैठकले आगामी १ फागुनवाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक पक्षलगायतका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढे पछि अदालतले गत ५ माघवाट सेवा संकुचन गराउँदै आएको थियो ।
गत ४ माघ देखी २९ माघसम्मको अवधिमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभुत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गरेर अन्य सेवा बन्द गरेको अदालत आइतबारबाट भने नियमित सेवामा जानेछ ।

एमसीसीमा एमाले र माओवादीको मौन समर्थन आपत्तिजनक– बैद्य
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसदमा लैजाने बिषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भुमिका प्रति आक्रोश ब्यक्त गरेका छन् ।
शुक्रवारको कांग्रेस केन्द्रिय कार्यसम्पादन बैठकले एमसीसी पारित गर्नका लागि सर्वसम्मत निर्णय गरेको तथा एमसीसी परियोजनाकी उपाध्यक्ष फातिमा सुनार र अमेरिकी विदेश सहायक मन्त्री डोनाल्डले दबाब दिएको विषयमा मौन बसेको भन्दै एमाले र माओवादी केन्द्रसँग आक्रोशित भएका हुन् । आगामी १६ फागुन भित्र संसोधन बिना नै एमसीसी पारित गर्नका लागि उपाध्यक्ष सुनार र सहायक बिदेश मन्त्री लुले सार्वजनिक रुपमा दबाब बढाएपछि महासचिव बैद्यले त्यसको विरोधमा डटेर सामना गर्नुपर्नेमा पनि जोड गरेका छन् ।

छेउमै आकाशेपुल छ, तर प्रयोग गर्दैनन् पैदलयात्रु
पैदल यात्रुको सहजताका लागि रुपन्देहीका थुप्रै ठाउँमा आकाशेपुल बनाइएको छ । तर, ती सबै पुल प्रयोग हुँदैनन् । भैरहवा, बुटवलका मुख्य चोकमा आकाशेपुल निर्माण गरिए पनि यसको प्रयोग गर्नेको संख्या भने न्यून छ । अधिकांश पैदलयात्रु सडकबाटै हिँडिरहेका हुन्छन् । जसले गर्दा सडकमा सवारीको जाम हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ ।
व्यस्त सडकमा समेत पैदलयात्रु पुल छाडेर बीच सडकबाटै हिँडिरहेका भेटिन्छन् । पैदलयात्रुका कारण पनि ट्राफिक जाम हुने गरेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । पैदल यात्रुले आकाशेपुलबाट बाटो नकाट्दा दुर्घटनाको जोखिम बढ्ने गरेको प्रहरीको भनाइ छ । पैदलयात्रुलाई ट्राफिक नियम पालन गर्न लगाउने काम पनि ट्राफिक प्रहरीकै हो । तर, उनीहरूलाई पुलको प्रयोग गर्न बाध्यकारी बनाएको देखिँदैन । भैरहवामा आँखा अस्पताल, बसपार्क र बर्मेलीचोकमा आकाशे पुल निर्माण गरिएका छन् ।

राखेपकाे कार्यकारी अधिकार पाएको तीन दिनमै सरुवा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी अधिकार पाएका सहसचिव कमलप्रसाद पोखरेलको तीन दिनमै सरुवा भएको छ । राखेप सदस्यसचिवको अनुपस्थितिमा युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख वा परिषद्का वरिष्ठ कर्मचारीलाई दिने २४ माघको निर्णय अनुसार पोखरेलले २६ माघमा राखेपकाे कार्यकारी अधिकार पाएका थिए ।
तर, खेलकुद महाशाखा प्रमुख रहेका पोखरेलले राखेपकाे कार्यकारी अधिकारसमेत पाएको तीन दिनमै २८ माघमा सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनको सरुवा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गरेको हो । खेलकुद मन्त्रालयमा सहसचिव विदुरप्रसाद खनालको सरुवा भएको छ ।

भोलिदेखि सिनेमा हल खुल्ने
कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरू १ फागुनबाट खुल्ला हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले १ फागुनबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरू खुल्ला हुने भएका हुन् । सिनेमा हल खुल्ला हुने बित्तिकै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने छन् ।

मानव बेचबिखन तथा ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ
लामो समयदेखि फरारको सूचिमा रहेका रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नं.४ सरुअठा बस्ने सुरेन्द्र राय यादव पक्राउ परेका छन् ।
मानव बेचबिखन तथा ओसार पसार र ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीद्वारा शुक्रबार पक्राउ गरिएको हो। अभियुक्तलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत गौरसमक्ष पेस गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

झापाको चाउचाउ उद्योगमा आगलागी
झापाको मेचीनगर-१४ दुहागढीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । चाउचाउ उद्योगमा बिहान साढे ४ बजेबाट आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा र मोरङका ९ वटा दमकले आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहर कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । बाँकी दुईवटा दमकल आइरहेको उनले बताए । निभाउने प्रयास भइरहेकाले क्षतिको विवरण, आगलागीको कारण खुल्न नसकेको उनले बताए ।

श्रीलंकाविरुद्ध अष्ट्रेलिया २० रनले विजयी
चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गर्दै विजयी भएको छ। ओमनको अल अमेरात क्रिकेट ग्राउन्डमा १३६ रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७३ रन जोडे। दीपेन्द्रले ५३ बल खेल्दा ८ चौका र एक छक्का प्रहार गर्यो।

Previous Post

२८ गतेको ताजा समाचारहरु

Next Post

नेपालमा दैनिक कोरोना संक्रमणदर हजारभन्दा तल

हाम्रो समाचार

हाम्रो समाचार

Next Post
काठमाडौंका १७ स्थानबाट कोरोनाको बुस्टर डोज आजदेखि दिइने

नेपालमा दैनिक कोरोना संक्रमणदर हजारभन्दा तल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

१८ मंसिर २०८२, बुधबार
देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

९ मंसिर २०८२, सोमबार
बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

८ मंसिर २०८२, आईतवार
महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

८ मंसिर २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

एमाले महाधिवेशन भाँड्ने प्रयास हुँदैछ : ओली

निर्वाचन आयोगमा ३७ दल दर्ता, कांग्रेस-एमालेको बाँकी

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति