Sunday, December 7, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

फागुन १ गतेको पुरा समाचारहरु

हाम्रो समाचार by हाम्रो समाचार
४ बर्ष अगाडि
in राजनीति, वैंकिङ, शेयर, समाचार
0
फागुन १ गतेको पुरा समाचारहरु
21
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक
सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । साथै एमसीसी सदनमा पेस गर्ने तयारी भइरहेको भनिएको र संसदमा प्रमुख प्रतिपक्षी दल एमाले अवरोध लगायत विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्

राप्रपा नेपालको अध्यक्ष बने कमल थापा
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट बाहिरिएका कमल थापा राप्रपा नेपालको अध्यक्ष बनेका छन। राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापालाई निर्वाचन आयोगमा दर्ता भइसकेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी दिइएको छ। यसअघि नै दर्ता रहेको सो दलको अध्यक्षबाट लाक्पा शेर्पाले अध्यक्ष परित्याग गर्दै थापालाई अध्यक्ष बनाएका छन। शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेपछि सो को जानकारी आयोगलाई दिइएको हो।

सुनजस्तो देखिने वस्तु सहित चिनियाँ नागरिक पक्राउ
अवैध रूपमा नेपाल ल्याउँदै गरेको सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले अवैध रूपमा ल्याउँदै गरेको चार हजार ८४० ग्राम सुनजस्तो देखिने सो पदार्थसहित राहदानी नम्बर इजे ०२४८१३१ बाहक चिनियाँ नागरिक ३६ वर्षीय झाङ लिलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो। पक्राउ चिनियाँ नागरिक लिदहिमालय एयरको उडानद्धारा काठमाडौँ आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनलाई प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिकै पक्राउ गरेको हो। पक्राउ लिले चारवटा पोकामा भित्री पोशाकभित्र लुकाएर उक्त सामान ल्याएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ब्याजदर बढ्ने घोषणासँगै सेयर बजारमा ठूलो पहिरो
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज पनि भारी गिरावट आएको छ। केहि दिन अघि निरन्तर ओरालो लागिरहेको नेप्से गत साता २८०१ मा बन्द भएको थियो। आज बजार खुलेसँगै ओरालो लाग्न थालेको नेप्से परिसुचक १ सय बढी अंकले घटेर २७००.३२ को बिन्दुमा बजार बन्द भएको छ। ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १५.६२ अंकले घटेको छ। यसदिन करिब ६ अर्बको कारोबार भयो। राष्ट्र बैंकको ब्याजदर वृद्धि घोषणाको प्रभावले बजारलाइ पुरै राताम्मे बनाएको हो।

सर्वोच्चको कामु प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश कार्की
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका छन। सत्तारूढ दलका सांसदहरूले उक्त प्रस्ताव आज बिहान सिंहदरबारस्थित सचिवालयमा दर्ता गराएपछि उहाँ स्वतः कायममुकायम प्रधानन्यायाधीश भएका हुन। महाभियोग प्रस्तावको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ, समर्थकमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसहित ९५ सांसद रहेका छन।

सरकारले चुनाव खर्च आन्तरिक स्रोतबाटै जुटाउने
सरकारले स्थानीय तह निर्वाचन निम्ति आवश्यक झण्डै ५० अर्ब रुपैयाँ आन्तरिक स्रोतबाटै व्यवस्थापन गर्ने भएको छ । निर्वाचन गराउन सुरक्षा निकाय र निर्वाचन आयोग लगायतले ५० अर्ब रुपैयाँजति बजेट माग गरेका छन् । आन्तरिक स्रोतबाटै चुनाव खर्च जुटाउने क्रममा अर्थ मन्त्रालयले यी निकायबाट भएको प्रस्तावित खर्चमाथि पनि पुनरावलोकन गर्नेछ देशभरका ७५३ वटै स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्नेगरी सरकारले मिति तोकिसकेको छ । चुनाव सम्पन्न गराउन निर्वाचन आयोगले मात्रै १२ अर्ब रुपैयाँ बजेट मागेको छ । चुनावी सुरक्षा व्यवस्था निम्ति नेपाल प्रहरीले पनि २५ अर्ब रुपैयाँभन्दा बढी बजेट मागेको छ ।

कमल थापालाई पार्टी बुझाउने लाक्पा भन्छन्– जसको नासो उसैलाई फिर्ता गरिदिएँ
कमल थापालाई राप्रपा नेपाल जिम्मा लगाउने लाक्पा तामाङले आफूले नेतृत्व छाड्नु स्वाभाविक भएको बताएका छन् । विगतमा राप्रपा नेपाल कमल थापाले नै बनाएकाले आफूले नेतृत्व छाडेर उनलाई नै पार्टी जिम्मा लगाएको लाक्पाको भनाइ छ । ‘राप्रपा नेपाल स्थापित गर्ने कमल थापा नै हो’, उनले आइतबार रातोपाटीसँग भने, ‘म त त्यखितेर साधारण एउटा धनकुटा जिल्लाको उपाध्यक्ष मात्रै थिएँ । २०७४ सालमा राप्रपासँग एकता भए पछाडि म त्यता नगइकन राप्रपा पुनर्जीवित गरेर बसेको थिएँ । यो उहाँको नासो उहाँलाई नै थिएँ ।’ उनले आफू कमल थापाकै कार्यकर्ता भएकाले उनलाई पार्टी नेतृत्व दिनु कुनै ठूलो कुरा नभएको बताए ।

नेप्सेमा १०१ अंकको गिरावट
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार महाभियोग दर्ता भएसँगै धितोपत्र बजार समेत प्रभावित हुन पुगेको छ । अर्थात नेप्सेमा आज १०१ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक अधिकतम १०१ दशमलव २४ अंकले घट्दै २७ सय सय दशमलव ३२ अंकमा झरेको छ । यस्तै, आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १५ दशमलव ६२ अंकले घट्दै ५११.६६ विन्दुमा झरेको छ । समग्रमा आज सेयर बजारमा तीन दशमलव ६१ प्रतिशतले खस्किएको छ ।

मैले रणबीर कपुरसँग धेरै अगाडि विहे गरिसकेः आलिया भट्ट
आलिया भट्ट र रणबीर कपुरको विवाह हेर्न उनीहरुका फ्यानहरु कयौं समयदेखि पर्खिरहेका छन्। भट्ट र कपुर प्रेम सम्बन्धमा बसेको ५ वर्ष भन्दा बढी भइसकेको छ। पत्रकारहरुले उनीहरु दुवैलाई विहेको कुराहरु धेरै नै सोधिरहन्छन्।
रणबीरलाई विहेको बारेमा केहिदिन अगाडि मात्र भारतीय संचारमाध्यमले सोधेका थिए। उनले उत्तरमा भनेका थिए,‘कोरोना नभएको भए हाम्रो बिहे पहिले नै भैसक्थ्यो। तर यहि कुरा आलियालाई सोध्दा आलियाले भने आफूले रणबीरसाग पहिल्यै विवाह गरिसकेको उत्तर दिइन्। उनले भनेकी छिन्,‘मैले रणबीरसँग पहिल्यै विवाह गरिसकेको छु। मैले मनमनै रणबीरसँग विहे गरेको हुँ। सत्य भन्नु पर्दा मैले धेरै पहिले नै मनबाट उनीसँग विवाह गरिसकेको थिए।

चेल्सीलाई क्लब विश्वकपको उपाधि
इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । चेल्सीले पाल्मेइरसलाई २–१ ले पराजित गर्दै पहिलोपटक क्लब विश्वकपको उपाधि जितेको हो ।
शनिबार राति साउदी अरेबियाको आवुधावीस्थित मोहम्मद विन जायद रंगशालामा भएको फाइनलमा निर्धारित समयको १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समया लम्विएको थियो । अतिरिक्त समयमा काइ हाभर्ट्जले गोल गर्दै उपाधि जिताएका हुन् ।

Previous Post

विद्युतीय माध्यमबाट बैंकले पाँच लाखसम्म कर्जा दिने

Next Post

फागुन २ गतेको पुरा समाचारहरु

हाम्रो समाचार

हाम्रो समाचार

Next Post
फागुन २ गतेको पुरा समाचारहरु

फागुन २ गतेको पुरा समाचारहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

१८ मंसिर २०८२, बुधबार
देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

९ मंसिर २०८२, सोमबार
बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

८ मंसिर २०८२, आईतवार
महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

८ मंसिर २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

एमाले महाधिवेशन भाँड्ने प्रयास हुँदैछ : ओली

निर्वाचन आयोगमा ३७ दल दर्ता, कांग्रेस-एमालेको बाँकी

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति