Sunday, December 7, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

जग्गा नपाएपछि भूमिहीन सुकुम्बासीले पाेखरा महानगरपालिका घेरे

प्रभाव संवाददाता by प्रभाव संवाददाता
४ बर्ष अगाडि
in राजनीति, लगानी, विशेष, वैंकिङ, समाचार
0
बाजुरामा ८६ हजार जनसंख्या गरिबीको रेखामुनि 
283
SHARES
514
VIEWS
Share on FacebookShare on Twitter
पोखरा, ७ चैत। पोखरामा रहेका भूमिहीन सुकुम्बासीले महानगरपालिकाले आयोगलाई असहयोग गरेकाे भन्दै कार्यालय घेरेका छन् । सोमबार न्युरोडस्थित महानगर कार्यालयअघि उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

उनीहरूले भ्रष्टाचारको विरोध गरेका छन् भने तत्कालै भूमिहीनको समस्या समाधान गर्न माग गरेका छन् । पोखरा महानगरपालिकामा मात्रै करिब ४० ठाउँमा सुकुम्बासी छन् । जिल्लाभर ४५ देखि ५० हजार सुकुम्बासी रहेको प्रारम्भिक अनुमान छ ।

काजीपोखरीको सुकुम्बासी टोलमा बस्दै आएका रमेश बल्कोटी पटक पटक ध्यानाकर्षण गराउँदासमेत महानगरले अटेर गरेको बताउँछन् । ‘यति समय भयो । धेरै मागपत्र बुझायौं । भेटेर सल्लाह पनि गर्‍यौं । हुन्छ भन्छन् तर काम गर्दैनन्,’ उनले भने, ‘अन्यत्र जिल्लामा आयोगको काम अघि बढिसक्यो । हाम्रोमा नगरपालिकाले फिटिक्कै काम गरिदिएन ।’

पहिलेको आयोगले प्रारम्भिक रूपमा निवेदन लिएको थियो । तर निवेदनअनुसार काम अघि बढेको छैन । ‘पहिलाको सरकारले भरेको फारम वडामै थन्किएको छ । प्रक्रिया चल्दै चलेन, चलाइदियोस् भनेर माग गरेका हौं,’ उनी भन्छन्, ‘धेरै जिम्मेवारी स्थानीय सरकारलाई छ । यता महानगरले वास्ता गरिदिएन ।’

आफूहरूलाई भोटका बेला मात्रै प्रयोग गर्ने र त्यसपछि आफ्ना मुद्दा सम्बोधन नगर्ने समस्याका कारण सुकुम्बासीले मुक्ति नपाएको उनको गुनासो छ । ‘हिजो सुकुम्बासीको भोटले जित्ने, आज सुकुम्बासीका काम नगरिदिने ?,’ बल्कोटी भन्छन्, ‘यस्तै अवस्था भैरहे नगरपालिकाले कामै गर्न नसक्ने गरी ठप्पै गरिदिन्छौं ।’

छिनेडाँडास्थित सुकुम्बासी टोलका बलवीर राना तत्काल काम अघि बढाइदिन माग गर्छन् । ‘हामीले मेयरको घरको सम्पत्ति मागेको होइन । राज्यले बनाएको नीतिअनुसारको काम अघि बढाइदेऊ भनेको त हो नि,’ उनले भने, ‘आफ्नै घरको दिने जस्तो गर्छन् ।’ समस्या तत्काल समाधान नभए संघर्ष चर्काउने उनीहरूको चेतावनी छ ।

आयोगका कास्की अध्यक्ष गंगा पोखरेलले महानगरले सम्झौता नगरेको बताए । ‘अन्नपूर्णबाहेक अरु पालिकाले सम्झौता गरिदिएनन् । सम्झौता नगरीकन काम अघि बढ्दैन,’ उनले भने, ‘छिटो सम्झौता गरिदिन आग्रह गरेका छौं ।’ महानगरले भने प्रक्रियागत रूपमा काम भइरहेको जनाएको छ ।

Previous Post

बाजुरामा ८६ हजार जनसंख्या गरिबीको रेखामुनि 

Next Post

एनआरएनए विवाद : निर्वाचन राेकेर दुवै पक्षलाई छलफलमा आउन पाटन उच्च अदालतको अन्तरिम आदेश

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
एनआरएनए र आइएलओको सहकार्यबाट करिव २८ हजार श्रमिक प्रत्यक्ष लाभान्वित

एनआरएनए विवाद : निर्वाचन राेकेर दुवै पक्षलाई छलफलमा आउन पाटन उच्च अदालतको अन्तरिम आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

१८ मंसिर २०८२, बुधबार
देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

९ मंसिर २०८२, सोमबार
बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

८ मंसिर २०८२, आईतवार
महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

८ मंसिर २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

एमाले महाधिवेशन भाँड्ने प्रयास हुँदैछ : ओली

निर्वाचन आयोगमा ३७ दल दर्ता, कांग्रेस-एमालेको बाँकी

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति