Tuesday, January 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

१८ प्रतिशतसम्म पुग्यो कर्जाको ब्याजदर, बैंकहरूले राष्ट्र बैंकबाट लिने सापटी बढाए

प्रभाव संवाददाता by प्रभाव संवाददाता
४ बर्ष अगाडि
in राजनीति, लगानी, समाचार
0
१८ प्रतिशतसम्म पुग्यो कर्जाको ब्याजदर, बैंकहरूले राष्ट्र बैंकबाट लिने सापटी बढाए
8
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, वैशाख २ । वाणिज्य बैंकहरूले कर्जामा लगाउने ब्याजदर अधिकतम १८ प्रतिशतसम्म पुगेको छ। बैंकहरूले वैशाखका लागि सार्वजनिक गरेको ब्याजदरसम्बन्धी सूचनाअनुसार ब्याजदर अधिकतम १८ प्रतिशत हाराहारी पुगेको हो।

अधिकांश बैंकको पुँजी लागतसहित गणना हुने आधार ब्याजदर करिब १० प्रतिशत हाराहारी पुगेको छ। बैंकहरूले आधारदरमा ५ देखि ८ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गर्ने भएका हुन्। बैंकहरूले स्थिर दरमा जारी गर्ने कर्जाको ब्याजदर ११.७५ प्रतिशतदेखि करिब १७ प्रतिशतसम्म तोकेका छन्।

परिवर्तित ब्याजदरका आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट सबभन्दा कम ब्याजदरमा कर्जा पाइने भएको छ। माछापुच्छ्रे, नेपाल एसबिआई लगायत बैंकहरूले उच्च ब्याजदर तोकेका छन्।

स्थिर ब्याजदरका आधारमा सबभन्दा कम कुमारी बैंकको छ भने सिभिल बैंकको ब्याजदर सबभन्दा उच्च छ।

बढेन निक्षेपको ब्याजदर
बैंकहरूले मुद्दति निक्षेपको ब्याजदर भने बढाएका छैनन्। ब्याजदर बृद्धि गर्दा पनि निक्षेप स्रोत बढ्न नसकेपछि गत महिनादेखि नै बैंकहरूले मुद्दति निक्षेपको ब्याजदर बढाएका छैनन्। बैंकहरूले मुद्दति निक्षेपमा अधिकतम ११.३ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गर्दै आएका छन्।

रेमिट्यान्स खातामा भने १२.३ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन्।

एकै दिन एक खर्बसम्म सापटी
चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट कर भुक्तानका लागि अर्बौं रकम बाहिरिने भएपछि बैंकहरूले राष्ट्र बैंकबाट लिँदै आएको स्थायी तरलता सुविधा (सापटी) बढाएका छन्।

कर प्रयोजनका लागि करिब ५० देखि ६० अर्ब रूपैयाँ बाहिरिने गरेको छ। यस्तो रकम सरकारी ढुकुटीमा जान्छ। सरकारले खर्च नगर्दासम्म यो बैंकिङ प्रणालीमा फर्किँदैन।

बैंकहरूले गत २८ चैतमा एकै दिन एक खर्ब रूपैयाँ यसरी सापट लिएका छन्। हालसम्म बैंकहरूले यो सुविधाअन्तर्गत ५७ खर्ब ७३ अर्ब रूपैयाँ लिइसकेका छन्। यसमध्ये अहिले पनि दुई खर्बभन्दा केही बढी रकमको सापटी परिपक्व हुन बाँकी छ। अर्थात् बैंकहरूले यो रकम चलाइरहेका छन्।

सुध्रिएन अवस्था
बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कर्जायोग्य पुँजी अभावको समस्या अझै सुध्रिएको छैन। एक बैंकले अर्को बैंकसँग लिने सापटी सुविधाको ब्याजदर ७ प्रतिशतभन्दा माथि पुगेको छ।

चैत २९ गतेसम्म यस्तो अन्तर बैंक ब्याजदर ७.०४ प्रतिशत पुगेको छ। जबकि यसलाई ७ प्रतिशतभित्रै राख्ने गरी ब्याजदर डोर्‍याउन ब्याजदर करिडोरको माथिल्लो सीमासमेत स्थायी तरलता सुविधाअन्तर्गतको ब्याजदर ७ प्रतिशतलाई नै राखिएको छ।

असामान्य अवस्थामा कहिलेकाहीँ अन्तर बैंक ब्याजदरले सीमा पार गरे पनि यो लामो समय नरहने राष्ट्र बैंकले बताउँदै आएको छ।

वाणिज्य बैंकहरूको निक्षेपको तुलनामा कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) पनि ९१.२२ प्रतिशत पुगेको छ। असारसम्म बैंकहरूले यो अनुपात ९० प्रतिशतभित्र सीमित पार्नुपर्छ।

Previous Post

आज भक्तपुरमा जिब्रो छेड्ने जात्रा, नवौँ पटक जिब्रो छेडाउँदै श्रेष्ठ

Next Post

काठमाडौं उपत्यकाका तीन जिल्लाको प्रहरी संरचना केन्द्र मातहत

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
काठमाडौं उपत्यकाका तीन जिल्लाको प्रहरी संरचना केन्द्र मातहत

काठमाडौं उपत्यकाका तीन जिल्लाको प्रहरी संरचना केन्द्र मातहत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
विशेष महाधिवेशन : जम्मा मतदाताको संख्या चार हजार ७४३ जना

विशेष महाधिवेशन : जम्मा मतदाताको संख्या चार हजार ७४३ जना

२९ पुष २०८२, मंगलवार
कांग्रेस विशेष महाधिवेशन : सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क

२९ पुष २०८२, मंगलवार

Casino en direct : Les meilleurs casinos pour jouer avec croupier

२९ पुष २०८२, मंगलवार

Taxes On Gambling Winnings & Losses: Gambling Taxes Explained

२९ पुष २०८२, मंगलवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

विशेष महाधिवेशन : जम्मा मतदाताको संख्या चार हजार ७४३ जना

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क

Casino en direct : Les meilleurs casinos pour jouer avec croupier

Taxes On Gambling Winnings & Losses: Gambling Taxes Explained

Pin Up Casino Onlayn Oyunlarında Populyar Məsələlərin Araşdırılması

Gerçek Paralı Casino Oyunları: Türkiyede En İyi Siteler Ve Oyunlar

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति