Sunday, December 7, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

गोरखामा स्वतन्त्र उमेद्वार : जसले अरुको १ मत पनि पाएनन्, आफ्नो भोट पनि हरायो

प्रभाव संवाददाता by प्रभाव संवाददाता
४ बर्ष अगाडि
in राजनीति, समाचार
0
गोरखामा स्वतन्त्र उमेद्वार : जसले अरुको १ मत पनि पाएनन्, आफ्नो भोट पनि हरायो
23
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

गोरखा, ५ जेठ

भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट पनि पाएनन् । ढकालले चुनाव चिन्ह ‘खानेपानीका धारा’ लिएर चुनावी मैदानमा होमिएका थिए । राजनीतिप्रति बितृष्णा जाग्दै गएपछि स्वतन्त्र उमेद्वारी दिएका ढकालाई वडाबाट १ मत पनि प्राप्त भएन ।

१४६९ मत खसेकोमध्ये उनले १ मत पनि नपाएका हुन् । मतगणना सकियो । माओवादी केन्द्रका उम्मेदवार बिष्णु कुमार श्रेष्ठ वडाध्यक्ष बने ।

आफुले हालेको भोट पनि हरायो ! 

निर्वाचन अधिकृत कार्यालयले वडा भरको मतपरिणाम सार्वजनिक गर्‍याे । तर, ढकाललाई १ मत पनि प्राप्त भएको देखिएन । त्यसपछि सामाजिक सञ्जालहरुमा ढकाल आफैले आफैलाई समेत मतदान नगरेको भन्दै बिभिन्न पोष्टहरु आउन थाल्यो ।

आफैँले हालेको भोट पनि मतगणनामा नभेटिएपछि अहिले ढकाल तनावमा छन् । ‘म चुनावी प्रतिस्पर्धामा थिएँ, मैले मेरो भोट हालेको छु, तर गणनामा मेरो मत देखाइएन । मेरो मत खोज्न अब अदालत जानेछु’, ढकाल भन्छन् ।

आफुले आफैँलाई मत जाहेर नगरेको विषयमा सामाजिक सञ्जालहरुमा आफूमाथि नैतिक प्रश्न उठेपछि निर्वाचन अधिकृतसँग ढकाल जवाफ लिन गए । तर, अधिकृत कार्यालयले मत नै नआएको भन्दै फर्काएको उनी बताउँछन् ।

उनी भन्छन्, ‘मैले आफुलाई मत जाहेर गरेको छु, बदर पनि भएको  छैन, कसरी मेरो मत हरायो ? मतगणना गर्दा निर्वाचनका कर्मचारीले कुन हदसम्म लापार्बाही गर्दा रहेछन् भन्ने यो घटनाले पुष्टि गरेको छ ।’

निर्वाचन अधिकृत खिमानन्द गौतमले भने कार्यालयबाट मतगणना गर्दा  कुनै त्रुटी नभएको दावी गर्छन् । उनी भन्छन्, ‘गणना गर्दा सबै दलको प्रतिनिधि बसेर गणना गरेको हो, सबै विवरण प्रष्ट छ ।  त्रुटी भएकै छैन् । उहाँलाई चित्त नबुझेमा उच्च अदालत जान सक्नुहुन्छ ।’

Previous Post

लालबन्दीमा कांग्रेस विजयी, गठबन्धन तेस्रो स्थानमा

Next Post

चंखेलीमा मतगणना जारी

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
चंखेलीमा मतगणना जारी

चंखेलीमा मतगणना जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

१८ मंसिर २०८२, बुधबार
देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

९ मंसिर २०८२, सोमबार
बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

८ मंसिर २०८२, आईतवार
महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

८ मंसिर २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

एमाले महाधिवेशन भाँड्ने प्रयास हुँदैछ : ओली

निर्वाचन आयोगमा ३७ दल दर्ता, कांग्रेस-एमालेको बाँकी

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति