काठमाडौं : काठमाडौं भ्याली मेयर्स फोरमले आज (सोमबार) उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा सरकारलाई दिने निर्णयको पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाउने भएको छ। आज औपचारिक रूपमा पत्र बुझाउन लागिएको चन्द्रागिरि नगरपालिकाका प्रमुख एवं फोरमका महासचिव घनश्याम गिरीले जानकारी दिए।

महासचिव गिरीले उक्त पत्र बुझाउने र फोहोर व्यवस्थापनको जिम्मा कहिलेबाट स्थानीय तहमार्फत त्याग्ने भन्ने पनि निर्णय हुने जानकारी दिए। ‘आज हामीले प्रधानमन्त्रीज्यूलाई पत्र बुझाउँदै छौँ,यही बेला कहिलेबाट हामीले फोहोरको व्यवस्थापन नगर्ने भन्नेबारे पनि निर्णय हुन्छ,’उनले भने।

गत बुधबार गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको काठमाडौं भ्याली मेयर्स फोरमको छैटौँ बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काम नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको थियो। हालसम्म स्थानीय तहमार्फत नै उपत्यकाको फोहोरको व्यवस्थापन हुँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here