Home समाचार बीपी राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन धुलिखेलमा ‘होल्ड’

बीपी राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन धुलिखेलमा ‘होल्ड’

0
4

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट धुलिखेल हुँदै पूर्वतर्फ जाने सबै सवारीसाधनलाई धुलिखेल चोकमा ‘होल्ड’ गरिएको छ।

वर्षाका कारण बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो खसेको छ। त्यस्तै, रोशी खोलाले सडक कटान गरेपछि राजमार्गका केही स्थानमा आवागमन पूर्ण रूपमा प्रभावित भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविन कार्कीका अनुसार राजमार्ग सञ्चालनमा नआएसम्म काठमाडौंबाट पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमै रोकिएको छ।

प्रहरीले यात्रु तथा चालकलाई सडकको अवस्था सामान्य नभएसम्म जोखिम मोलेर यात्रा नगर्न आग्रह गरेको छ। राजमार्ग खुलाउन सम्बन्धित निकायबाट प्रयास भइरहेको जनाइएको छ।

NO COMMENTS