धादिङ । अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङका ७ स्थानमा पहिरो खसेको छ। तीमध्ये कृष्णभिर र तिगराङ खोलामा सडक दुईतर्फी पूर्ण अवरुद्ध भएको प्रहरीले जनाएको छ।
परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला र कमेरेभिरमा भने एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
प्रहरीका अनुसार पहिरो पन्छाउने काम भइरहेको भए पनि वर्षा र लगातार पहिरो खसिरहेकाले सडक खुलाउन कठिनाइ भइरहेको छ।