कुलेखानी जलविद्युत आयोजनाको ड्याम खोल्ने तयारी भइरहेको भन्ने सूचना गलत भएको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताएका छन्।
उनका अनुसार ड्यामको पानीको सतह बढेको छैन। बुधबार १ हजार ५२२.३८ मिटर रहेको पानीको सतह शुक्रबार घटेर १ हजार ५२२.१८ मिटर पुगेको छ।
अध्यक्ष लामाले दुई वर्षअघिका फोटो तथा भिडियो सामाजिक सञ्जालमा शेयर गरेर भ्रम सिर्जना नगर्न आग्रह गरेका छन्। उनका अनुसार अहिले ड्याम खोल्नुपर्ने अवस्था छैन।
कुलेखानी ड्यामको क्षमता १ हजार ५३० मिटर रहेको छ। पानीको सतह बढेर सुरक्षा जोखिम भएमा नेपाल विद्युत प्राधिकरणले साइरनमार्फत चेतावनी दिने व्यवस्था गरेको छ।
हाल भने ड्याम खोल्नुपर्ने अवस्था नरहेको जनाइएको छ।