बैशाख २६ , काठमाडौँ। स्थानीय तहको चुनावको लागि सरकारले ३ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

मतदान केन्द्र रहेका विद्यालयहरू वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक बसन्त प्रसाद कोइरालाले जानकारी दिए।

मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग गर्नुपर्ने भएकोले मतदानस्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरुमा विद्यार्थीको भौतिक उपस्थितिको पढाई तीन दिनसम्म बन्द गर्न केन्द्रले अनुरोध गरेको छ।

यस अवधिमा विद्यार्थीहरुलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिइएको केन्द्रले जनाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्र बमोजिम आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न विद्यालय बन्द गर्न निर्देशन दिइएको केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here