नाबालिग किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका क्रिकेटर सन्दिप लामिछानेविरुध्द १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको ।
सरकारी वकिलको कार्यालयले आज काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुध्द मुद्दा दर्ता गरेको छ।
अब उनले प्रहरी हिरासतबाटै आफूविरुध्दको मुद्दा लड्ने भएका छन् । प्रहरी प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेकाले सोहीबमोजिम १२ वर्षसम्मको कैद सजाय मागदाबी गरिएको छ ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा सन्दिपले आफूलाई रातभर बलात्कार गरेको आरोपमा १७ वर्षीयाका नातेदारले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेका थिए । तर विदेशमा रहेका कारण सन्दिपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षबाट प्रहरी नियन्त्रणमा लिइएको थियो ।
सन्दिपले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् ।





