समाचार

बीमाको पैसा लिने उद्देश्यले गाडीमा आगजनी, चालक पक्राउ

काठमाडौं ।

बर्दियामा बीमाको रकम दाबी गर्ने मनसायले चालकले नै गाडीमा आगजनी गरेको खुलेको छ । गाडीमा आगो लगाएको आरोपमा प्रहरीले बर्दियाको मधुवन नगरपालिका-२ गंगापटुवाका रामु चौधरीलाई पक्राउ गरेको छ ।

आइतबार राति २ बजे मधुबन नगरपालिका-०४ बसन्तास्थितमा लु २ ख २०८४ नम्बरको फोर्स गाडी आगलागी भएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

गाडीमा आगजनी भएको खबर पाएर पुगेको इलाका प्रहरी कार्यालय ढोढरीको टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा चालक चौधरीले आफैंले आगजनी गरेको स्वीकार गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।

रामुले गाडी बिग्रिएको र मर्मतको लागि ग्यारेजमा लैजाँदा धेरै रकम लाग्ने भनेपछि बीमाको रकम दाबी गर्ने मनसायले आगजनी गरेको बताएका डीएसपी बोहराले बताए ।

माघ २९ गते साँझ ८ बजे अर्को जिपले तानेर रामुले उक्त गाडीलाई चालकले जंगल क्षेत्रमा पर्ने बसन्ता पुर्‍याएका थिए । त्यसपछि चालकले डिजल छर्केर आगजनी गरेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button