२९ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले हङकङ र यूएई सम्मिलित त्रिकोणत्मक शृंखला खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा ललित राजवंशीले पुनरागमन गरेका छन् । १९ औं एसिया गेम्सको अभ्यासका क्रममा घाइते भएका बायाँ हाते स्पिनर ललित राजवंशीको दाहिने कलर बोनको असोज ४ गते शल्यक्रिया भएको थियो । उनी ४ हप्ताको आरामपछि टिममा फर्किएएका हुन् ।

यस्तै लोकेश बम र सूर्य तामाङले पनि टिममा पुनरागमन गरेका छन् ।

प्रतियोगिता सुरु हुुनुअघि नै स्पिनर सन्दीप लामिछानेले व्यक्तिगत कारण देखाउँदै टिमबाट आफ्नो नाम फिर्ता लिएका थिए । त्यसैले उनी टोलीमा छैनन् ।

नेपालले पहिलो खेल कात्तिक १ गते यूएईसँग खेल्ने छ । यस्तै कात्तिक २ गते नेपाल र हङकङको खेल हुनेछ ।

कात्तिक ४ गते फूलपातीका दिन नेपाल हङकङबीचको दोस्रो खेल हुनेछ भने कात्तिक ६ गते नवमीका दिन यूएई र नेपालको खेल हुनेछ । फाइनल खेल भने १० गते हुनेछ ।

आयोजक क्यानका अनुसार सहभागी टिमले डबल राउण्ड रोबिन लिग खेल्नेछन् र शीर्ष २ टिमले फाइनल खेल्ने छन् ।

कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक टी(२० सिरिजको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने छ ।

नेपाली टोली्

रोहितकुमार पौडेल(कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सुर्य तामाङ र श्याम (मौसम) ढकाल ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here