२२ मंसिर, काठमाडौं । भारतले प्याज निर्यातमा गरेको कसिलो व्यवस्था थप तीन महिना लम्ब्याएको छ । बिहीबार भारतको वैदेशिक व्यापार महानिर्देशनालयले एक राजपत्र प्रकाशित गर्दै डिसेम्बर अन्तिमसम्मको प्याज निर्यातको कसिलो व्यवस्था तीन महिना थप गरेर मार्च ३१ सम्म पुर्‍याएको जनाएको छ ।

अक्टोबर ८ मा वैदेशिक व्यापार नीतिमा संशोधन गर्दै भारतले प्याजको निर्यातमा न्यूनतम निर्यात मूल्य प्रतिमेट्रिक टन ८०० डलर तोकेको थियो । भारतीय बजारमा प्याजको मूल्यमा उल्लेख्य बृद्धि भएको भन्दै स्थानीय बजारमा मूल्यबृद्धि रोक्न भारतले यस्तो निर्णय गरेको थियो ।

जसअनुसार १५ पुससम्म भारतको उक्त नीतिबाट नेपाल प्रभावित हुने थियो, तर थप तीन महिना यस्तो नियम बढाउने निर्णयपछि अब २०८१ वैशाखसम्म भारतीय नीतिको असर नेपाली बजारमा पर्नेछ । प्याज निर्यातमा न्यूनतम मूल्य तोकिएलगत्तै नेपालमा प्याजको उपभोक्ता मूल्यमा बृद्धि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here