बंगलादेशमा आइतबार १२औं संसदीय निर्वाचन भएको छ, जसलाई बीएनपीले बहिस्कार गरेको थियो । निर्वाचन बहिस्कार गर्न आह्वान गर्दै उसले ४८ घण्टे हड्ताल समेत आह्वान गरेको थियो ।

निर्वाचनमा करिव ४० प्रतिशत मत खसेको थियो र सत्तारुढ अवामी लिगले बहुमत पाएको निर्वाचन आयोगले जनाएको छ ।

तर बीएनपीले भने जनताले आइतबार भएको निर्वाचनलाई अस्वीकार गरेको बताएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा बीएनवी नेता अब्दुल मोयुन खानले भने, ‘देशका जनताले आइतबार भएको निर्वाचन स्वस्फूर्त रुपमा बहिस्कार गरेका छन् ।’

अनेक धम्की र त्रास देखाएर पनि जनतालाई मतदान केन्द्रसम्म ल्याउन सरकार असफल भएको विपक्षी दलको दाबी छ । बीएनपी नेताले भने, ‘७ जनवरीमा कुनै चुनाव भएको छैन, मतदान भएको छैन । जे भयो, त्यो भोटको लूट थियो ।’

बीनपीका अर्का नेता जनरुल इस्लाम खानले अफ्नो दल जनताको मतबाट आएको सरकार स्थापित होस् भन्ने पक्षमा रहेको बताए । ‘त्यसका लागि स्वतन्त्र र निष्पक्ष चुनाव चाहिन्छ, जुन हिजो भएन’, उनले भने, ‘त्यसले जनताले हिजोको निर्वाचनलाई अस्वीकार गरे । हरेकले भनिरहेका छन् कि हिजो खसेको भनिएको मत फर्जी हो ।’

प्रधानमन्त्री हसिनाको राजीनामा र चुनावका लागि गैर दलीय सरकार बनाउनुपर्ने आफ्नो दलको माग भएको उनले बताएको बंगलादेशको न्यूज अनलाइन द डेली स्टारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here