२४ माघ, काठमाडौं । अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा ६१ किलो सुन प्रकरणकी प्रतिवादी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ।
नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले गरेको सिफारिसका आधारमा रोकाविरूद्ध इन्टरपोलले डिफ्यूजन नोटिस जारी भएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले बताए ।
यसअघि साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिवि विमानस्थल भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।
१९ दिनपछि थल अनुसन्धानका लागि सीआईबीलाई विभागले फाइल बुझाएको थियो।





