Friday, March 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

एक महिनामा ६ कम्पनीका सेयरमा ‘लकइन’ अवधि सकिँदै

प्रभाव संवाददाता by प्रभाव संवाददाता
२ बर्ष अगाडि
in समाचार
0
एक महिनामा ६ कम्पनीका सेयरमा ‘लकइन’ अवधि सकिँदै
95
SHARES
173
VIEWS
Share on FacebookShare on Twitter

१४ चैत, काठमाडौं ।  १ महिना भित्रमा ६ वटा कम्पनीका सेयरमा लकइन अवधि सकिँदैछ । चैतको बाँकी अवधि र वैशाख १५ गतेभित्र ६ कम्पनीका सेयरमा लकइन सकिने भएको हो । सेयर रजिस्टार कम्पनीहरुले लकइन अवधि सकिने समयावधिबारे सार्वजनिक सूचनामार्फत जानकारी गराएका छन् । लकइन अवधि सकिएपछि ती सेयर कारोबार गर्न योग्य हुनेछ । सेयर संख्या थप हुने र मूल्यमा प्रभाव पर्न सक्ने भएकाले लगानीकर्तालाई पहिले नै लकइन अवधि सकिनेबारे सार्वजनिक सूचनामार्फत जानकारी गराउन थालिएको हो ।

सबैभन्दा पहिले लकइन सकिने कम्पनी हो– सूर्याज्योति लाइफ इन्स्योरेन्स । कम्पनीले कर्मचारीलाई सुरक्षित गरेको २ लाख ९९ हजार २९३ कित्ता सेयरमा चैत २० देखि लकइन अवधि सकिने भएको छ । सो कम्पनीकै संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएको ३७ लाख ९१ हजार ९१ कित्ता सेयरमा पनि चैत २० देखि नै लकइन अवधि सकिने भएको छ । यी सेयर साधारणसरह चैत २१ देखि कारोबार हुन सक्नेछ ।

सो कम्पनीको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता संस्थापक सेयरमा चैत २० देखि नै लकइन अवधि सकिने भए पनि संस्थापक सेयरको कारोबार संस्थापक–संस्थापकबीच मात्रै हुन सक्नेछ ।

चैत २३ मा सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको म्युचुअल फण्डसँग रहेको ४ लाख २ हजार १९ कित्ता सेयरमा लकइन अवधि समाप्त हुँदैछ । २४ गतेदेखि कारोबार हुनेगरी फुकुवा हुने सेयर रजिस्टार कम्पनी एनआईएमबीएस क्यापिटलले जनाएको छ ।

चैत २५ गते सिंगटी हाइड्रोपावरको संस्थापक, आयोजना प्रभावित तथा कर्मचारीको सेयरमा लकइन अवधि सकिने भएको छ । चैत २६ गतेदेखि ती सेयर सर्वसाधारणसरह कारोबारका लागि खुला हुनेछ । सिंगटीको संस्थापक समूहको १ करोड १ लाख ५० हजार कित्ता, प्रभावित स्थानीयको १४ लाख ५० हजार कित्ता र कर्मचारीको ५८ हजार कित्ता सेयरमा चैत २५ देखि लकइन अवधि सकिने भएको हो ।

वैशाख २ देखि माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीले म्युचुअल फण्डलाई छुट्याएको ७५ हजार कित्ता सेयरमा लकइन अवधि समाप्त हुनेछ । लकइन अवधि समाप्त भएको भोलिपल्टबाट ती सेयर कारोबार गर्न बाटो खुल्नेछ ।

वैशाख ३ देखि रुरु जलविद्युत् कम्पनीको कुल ४४ लाख ४४ हजार ९७८ कित्ता सेयरमा लकइन अवधि सकिने भएको छ । जसमा संस्थापकको ३९ लाख ४५ हजार ८८८ कित्ता, प्रभावित स्थानीयबासीको ४ लाख ८९ हजार २४५ कित्ता र कर्मचारीलाई सुरक्षित गरिएको ९ हजार ८४५ कित्ता सेयरमा वैशाख ३ गते लकइन अवधि सकिनेछ । यी सेयर वैशाख ४ देखि साधारणसरह कारोबार गर्न खुला हुनेछ ।

त्यस्तै चिरख्वा हाइड्रोपावरले म्युचुअल फण्डलाई छुट्याइएको ४० हजार कित्ता सेयरमा वैशाख १५ देखि ‘लकइन’ समाप्त हुने बिक्री प्रवन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ ।

कुन कम्पनीको कहिले सकिँदैछ लकइन अवधि

कम्पनी ‘लकइन’ सकिने मिति ‘लकइन’ समूह
सूर्याज्योति लाइफ इन्स्योरेन्स चैत २० कर्मचारी, संस्थापक
सोनापुर मिनरल्स एण्ड आयल चैत २३ म्युचुअल फण्ड
सिंगटी हाइड्रोपावर चैत २५ संस्थापक, प्रभावित
माथिल्लो मैलुङखोला वैशाख २ म्युचुअल फण्ड
रुरु जलविद्युत् कम्पनी वैशाख ३ संस्थापक, प्रभावित, कर्मचारी
चिरख्वा हाइड्रोपावर वैशाख १५ म्युचुअल फण्ड
Previous Post

पाल्पामा पँधेरोमा नुहाउन गएकी युवतीको हत्या

Next Post

नेपाली ट्यालेन्ट प्रजिनासँगको सहकार्यमा बादशाहले ल्याए गीत

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
नेपाली ट्यालेन्ट प्रजिनासँगको सहकार्यमा बादशाहले ल्याए गीत

नेपाली ट्यालेन्ट प्रजिनासँगको सहकार्यमा बादशाहले ल्याए गीत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
इनिसा मृत्यु प्रकरण : न्याय माग्दै सुर्खेतमा विद्यार्थीको प्रदर्शन

इनिसा मृत्यु प्रकरण : न्याय माग्दै सुर्खेतमा विद्यार्थीको प्रदर्शन

२९ फाल्गुन २०८२, शुक्रबार
महावीरलाई प्रश्न गर्दा अभद्र व्यवहारमा समातिएर विकास हिरासतमुक्त

महावीरलाई प्रश्न गर्दा अभद्र व्यवहारमा समातिएर विकास हिरासतमुक्त

२९ फाल्गुन २०८२, शुक्रबार
रास्वपाले विधान संशोधनपछि संसदीय दलको नेता छान्ने

रास्वपाले विधान संशोधनपछि संसदीय दलको नेता छान्ने

२९ फाल्गुन २०८२, शुक्रबार
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले थाल्यो परीक्षण उत्पादन

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले थाल्यो परीक्षण उत्पादन

२८ फाल्गुन २०८२, बिहीबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

इनिसा मृत्यु प्रकरण : न्याय माग्दै सुर्खेतमा विद्यार्थीको प्रदर्शन

महावीरलाई प्रश्न गर्दा अभद्र व्यवहारमा समातिएर विकास हिरासतमुक्त

रास्वपाले विधान संशोधनपछि संसदीय दलको नेता छान्ने

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले थाल्यो परीक्षण उत्पादन

सोविताले आयोगमा पेश गरिन् आफ्नो निर्वाचन खर्च

कांग्रेस सांसद बस्नेतले मागे सभापति थापाको राजीनामा

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति