काठमाडौँ । ठमेलस्थित एक होटलबाट ठुलो परिणाममा लागु औषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मलेसियाकी ४७ वर्षीया बाथुमालाई भाडिभालु रहेकी छन् ।
कोठाको खान तलासी गर्दा ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन लुकाएको भेटिएको थियो । बरामद भएको ५ किलो ८२० ग्रामको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ हुन आउने प्रहरीको भनाई छ ।





