काठमाडौँ । कामचलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यसंयन्त्रमा हस्तक्षेप गर्न नयाँ पुस्ताको आगमन आवश्यक भएको बताएका छन् ।
उनले व्यक्तिका रूपमा आफू फेरि आउने नआउने थाहा नभएको भन्दै अव सङ्केतका रूपमा जसरी चलिरहेको छ त्यसरी नचल्ने बताए । उनले काम गर्ने क्रममा आफ्नो हतारोका कारण कहीँ कतै चोट लागेको भए क्षमा दिन आग्रह गर्दै आफूले केही ख्याति कमाएको भए पनि प्रहरी कर्मचारीको सहयोगकै कारण पाएको बताए ।
‘जस अपजसमा म तपाईँहरूको साथमा छु । हुन त तपाई हामी फेरि भेट्छौ’, उनले अव आफू प्रतिपक्षमा जिम्मेवारका साथ प्रस्तुत हुने भन्दै आफूले सम्हालेको गृह मन्त्रलयमा बाहिर बसे पनि २४ सै घण्टा रहिरहने बताए ।





