Sunday, December 7, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

प्रचण्ड आन्तरिक छलफलमा व्यस्त, संगठन चलायमान बनाउन जिम्मेवारी तोक्ने तयारी

प्रभाव संवाददाता by प्रभाव संवाददाता
१ बर्ष अगाडि
in राजनीति, समाचार
0
प्रचण्ड आन्तरिक छलफलमा व्यस्त, संगठन चलायमान बनाउन जिम्मेवारी तोक्ने तयारी
9
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सत्ताबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफलमा व्यस्त देखिएका छन् । असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि उनी सोही दिन निजी निवास खुमलटार सरेका थिए ।

साढे अठार महिना सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा गरेको कामको जस लिँदै प्रतिपक्षमा बसेर सरकारविरुद्ध खबरदारी गर्ने तयारीमा उनी रहेका छन् । अब समाजवादी विचारको विकास र पार्टी निर्माणका लागि देशभर जनतामा जाने बताइसकेका छन् । साउन ११ देखि १५ गतेसम्म पदाधिकारी बैठक राखेका उनले २५ गते स्थायी समिति बैठक बोलाएका छन् ।

बैठकको एजेन्डा तय गर्न प्रचण्डले पार्टीका नेताहरू, जबस/मोर्चाका नेताहरूसँग सुझाव लिने काम गरिरहेका छन् । सरकारबाट बाहिरिएपछि आवश्यक बाहेक सार्वजनिक कार्यक्रममा कमै निस्किएका छैनन् । आफ्नै निवासमा पार्टीका विभिन्न तहका नेताहरूसँग सुझाव लिने, विचार सुन्ने काम भइरहेको ललितपुरका इन्चार्ज हरि दाहाल बताउँछन् ।

‘आन्तरिक रूपमा विभिन्न तहका नेताहरूसँग छलफल भइरहेको छ । सबैसँग सुझाव लिएपछि विचारको संश्लेषण गरी अगाडि लैजानुपर्छ भन्ने छ । बैठक अगाडि बसैका विचार सुनेर प्रस्तुत हुँदा दस्ताबेज बनाउन पनि सजिलो हुन्छ र सबैका विचारहरू पनि समेटिन्छन् । त्यसैले उहाँ(प्रचण्ड) आन्तरिक छलफलमै व्यस्त हुनुहुन्छ’, उनले भने ।

प्रचण्डसँगको छलफलमा नेताहरूले पार्टीलाई सुदृढ र एकताबद्ध बनाएर लैजाने, कमीकमजोरीबारे गम्भीर समीक्षा गर्ने, समाजवादी विचारलाई संश्लेषण गरी पार्टी निर्माण गर्ने विषयमा बढी ध्यान केन्द्रित हुने गरेको दाहालको भनाइ छ ।

अबको समाजवादी क्रान्ति प्रचण्डकै नेतृत्वमा सम्भव रहेको उनको बुझाइ छ । ‘सम्भव छैन  भन्ने हुँदैन । सम्भव छ  । प्रचण्डकै नेतृत्वमा माओवादी आन्दोलन यहाँसम्म आएको हो । समाजवादमा  जाने, समाजवादी विचार निर्माण गर्ने, आन्दोलनमा जाने  सोच प्रचण्डकै हो’, उनले भने, ‘जसले सुरुवात गर्‍यो, जसको परिकल्पना हो उसैले परिभाषित गर्ने, सार निकाल्ने काम हुन्छ । एकले परिकल्पना गर्ने र अर्कोले परिभाषित गर्दा कांग्रेस र एमाले जस्तो हुन्छ ।’

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं स्थायी समिति सदस्य जोखबहादुर महरा, केन्द्रीय सदस्यहरु रञ्जित तामाङ, रामप्रसाद सापकोटा लगायत नेताहरूले अध्यक्ष प्रचण्डलाई भेटेर पार्टी निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

‘पहिला पार्टीलाई बलियो बनाउनुपर्‍यो । पार्टीभित्रका फरक विचारलाई एकताबद्ध गर्ने, आन्तरिक अन्तर्विरोधलाई मसिनो गरी केलाएर हल गर्ने,  नेताहरूको योग्यता र क्षमता अनुसार जिम्मेवारी दिने, कार्य विभाजन गर्ने र एजेन्डा र मुद्दा मिल्नेहरू खासगरी समाजवादी मोर्चालाई कामकाजी बनाउने विषयमा छलफल भयो’, सहभागी नेता तामाङले भने ।

पार्टीलाई बलियो बनाउन, संगठन विस्तार गर्न, हिमाल– पहाड र तराईमा अभियान चलाउन सकिए माओवादी फेरी जाग्ने उनको बुझाइ छ । सरकार छाड्नुपरेपनि प्रचण्डको आत्मविश्वासमा कुनै कम नआएको तामाङले बताए ।

यस्तै स्थायी समिति सदस्य कमला रोकाले जनतामा जाने, आन्दोलनको तयारी गर्ने, संगठन बनाउने, एकता गर्नेसहितको योजना बनिरहेको बताइन् । आन्तरिक छलफल सकिएपछि बैठकको एजेन्डा तय हुने उनले जानकारी दिइन् ।

Previous Post

बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न मुहम्मद युनुस तयार

Next Post

द्वन्द्वकालीन मानव अधिकार उल्लङ्घनका घटनाबारे कार्यदलले टुङ्ग्याएको प्रतिवेदनमा के छ

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
द्वन्द्वकालीन मानव अधिकार उल्लङ्घनका घटनाबारे कार्यदलले टुङ्ग्याएको प्रतिवेदनमा के छ

द्वन्द्वकालीन मानव अधिकार उल्लङ्घनका घटनाबारे कार्यदलले टुङ्ग्याएको प्रतिवेदनमा के छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

१८ मंसिर २०८२, बुधबार
देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

९ मंसिर २०८२, सोमबार
बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

८ मंसिर २०८२, आईतवार
महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

८ मंसिर २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

एमाले महाधिवेशन भाँड्ने प्रयास हुँदैछ : ओली

निर्वाचन आयोगमा ३७ दल दर्ता, कांग्रेस-एमालेको बाँकी

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति