Wednesday, March 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

मंकीपक्सको जोखिम रोक्न सरकारले थाल्यो तयारी

प्रभाव संवाददाता by प्रभाव संवाददाता
२ बर्ष अगाडि
in समाचार
0
मंकीपक्सको जोखिम रोक्न सरकारले थाल्यो तयारी
4
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

३ भदौं, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्सको जोखिम न्यूनीकरण गर्न तयारी थालेको छ ।

अफ्रिकाको कंगोमा मंकीपक्स भाइरसका अधिक घातक संस्करण क्लेड १ बीका बिरामीहरू उल्लेखनीय रूपमा बढिरहेको र नेपालमा यसको जोखिम हुन सक्ने भन्दै जोखिम न्यूनीकरण तयारी थालेको हो ।

अफ्रिकाको कंगोमा हालसम्म मंकीपक्स (एमपक्स) भाइरसबाट ५ सय ४८ जनाको मृत्यु भइसकेको र छिमेकी देशहरूमा पनि द्रूत रूपमा फैलिने क्रममा छ । विश्व स्वास्थ्य संगठनले अफ्रिकामा भइरहेको एम्पक्सको वृद्धिलाई १४ अगस्ट २०२४ मा विश्वव्यापी जनस्वास्थ्य आपतकालका रुपमा घोषणा गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मंकीपक्सको विषयमा विज्ञसँग सुझाव लिइसकेको र जानकारीका लागि कल सेन्टर १११५ सञ्चालनमा रहेको जानकारी दिए । साथै, हवाई तथा जमिनका नाकाहरुमा रहेका हेल्थ डेस्क तथा सरुवा रोगहरुको निगरानी (सर्बिलेन्स) गर्ने तीनै तहका निकायहरुलाई सतर्क गराएको उनको भनाइ छ ।

पछिल्लो वर्ष नेपालमा पनि एक जना ६० वर्षीय विदेशी महिलामा एम्पक्स रोगको संक्रमण पुष्टि भएको थियो । ‘पूर्वतयारी स्वरूप स्वास्थ्य तथा जनसंख्या र सबै प्रदेशमा यस रोगको निदान तथा व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकिसकेका छौं,’ डा बुढाथोकीले भने ।

एम्पक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा (घाउ खटिरा) बिमिराको सम्पर्क; शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै थुक, र्‍याल) को सम्पर्क; भाइरसबाट दुषित सतह र सामग्रीको प्रत्यक्ष सम्पर्क) संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्ने विज्ञहरुले बताएका छन् ।

एम्पक्स संक्रमणमा ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रंथिहरू बढ्ने हुन्छ । आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्छ ।

मंकीपक्सका लक्षण सामान्यतया २ देखि ४ हप्तामा हराएर जान्छन् । बच्चाहरूमा भने गम्भीर समस्या देखा पर्न सक्छ । रोगको गम्भीरता भाइरस संक्रमणको मात्रा, बिरामीको स्वास्थ्य स्थिति र जटिलताको प्रकृतिसँग सम्बन्धित हुन्छ । यसले कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसमा गम्भीर समस्या निम्त्याउन सक्छ ।

मंकीपक्सका गम्भीर बिरामीमा सेकेन्डरी इन्फेक्सन, ब्रोन्कोनिमोनिया, सेप्सिस, इन्सेफलाइटिस र कर्नियाको संक्रमणले दृष्टि गुम्ने समेत हुन सक्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यो रोगको मृत्युदर ११ प्रतिशतसम्म पनि पुग्छ । साना बालबालिकामा मृत्युदर उच्च रहेको छ । हालको समयमा मृत्युदर लगभग ३.६ प्रतिशत छ । झन्डै दश संक्रमितमध्ये एकको भने जटिलताको कारणले मृत्यु हुने देखिएको संक्रामक रोग विशेषज्ञहरू बताउँछन् ।

एमपक्स शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्ने तथा पूर्ण रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ ।

सामान्यतया यो आफैं ठीक भएर जाने भाइरल रोग भएकाले यसको कुनै विशेष उपचार छैन । बिरामीहरूलाई पर्याप्त पोषण स्थिति कायम राख्न तरल पदार्थ र पौष्टिक खाना खुवाउने तथा माध्यमिक ब्याक्टेरिया संक्रमण (सेकेन्डरी ब्याक्टेरिया संक्रमण) संकेत अनुसार उपचार गरिन्छ ।

मन्त्रालयले पूर्वतयारी प्रतिकार्य र व्यवस्थापन भए पनि आमनागरिकबाट जनस्वास्थ्यका मापदण्डहरु पालना भएमा मात्र मंकीपक्सको रोकथाम र नियन्त्रणका लागि सम्भव हुने भएकाले सम्पुर्ण सरोकारवालाहरुलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउनु हुन अनुरोध गरेको छ ।

Previous Post

एक महिनामा साढे ८ अर्ब बढी प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत

Next Post

५३९ स्थानीय तहमा राष्ट्रिय ग्रिडबाट पूर्ण विद्युतीकरण, १८ मा पुग्न बाँकी

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
५३९ स्थानीय तहमा राष्ट्रिय ग्रिडबाट पूर्ण विद्युतीकरण, १८ मा पुग्न बाँकी

५३९ स्थानीय तहमा राष्ट्रिय ग्रिडबाट पूर्ण विद्युतीकरण, १८ मा पुग्न बाँकी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

Site Oficial De Cassino Online E Apostas No Brasil

२७ फाल्गुन २०८२, बुधबार

Registration Mostbet Guia

२७ फाल्गुन २०८२, बुधबार

1win On The Internet Casino Bonus Commonly Asked Questions Guide: Claim, Use And Win Big

२७ फाल्गुन २०८२, बुधबार

Site Oficial De Cassino Online E Apostas No Brasil

२७ फाल्गुन २०८२, बुधबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

Site Oficial De Cassino Online E Apostas No Brasil

Registration Mostbet Guia

1win On The Internet Casino Bonus Commonly Asked Questions Guide: Claim, Use And Win Big

Site Oficial De Cassino Online E Apostas No Brasil

Mostbetni O’rganish: Asosiy Xususiyatlar va Foydalanuvchi Tajribasi Tahlili

What To Wear To Some Casino The Particular Complete Casino Clothes For Men & Ladies

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति