Wednesday, March 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

हुम्लामा जिप दुर्घटनाका गम्भीर घाइतेलाई अस्पताल पुर्‍याउन समस्या

प्रभाव संवाददाता by प्रभाव संवाददाता
२ बर्ष अगाडि
in समाचार
0
हुम्लामा जिप दुर्घटनाका गम्भीर घाइतेलाई अस्पताल पुर्‍याउन समस्या
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

५ भदौ, सुर्खेत । हुम्लामा बुधबार भएको जिप दुर्घटनाका गम्भीर घाइतेको उपचारमा समस्या भएको छ ।

बुधबार बिहान चंखेली गाउँपालिका–२, गौरीसल्लाबाट देउली बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश २०० च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

सामान्य घाइतेको हुम्लाकै दार्मा स्वास्थ्य चौकीमा सामान्य उपचार भइरहेको र गम्भीर घाइते तीन जनालाई जिल्ला अस्पताल मुगुतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।

घटनास्थल हुम्ला र मुगुको सिमानामा पर्छ । घटनास्थलबाट मुगु सदरमुकाम पुग्न ५ घण्टा लाग्ने भएकाले गम्भीर घाइतेहरूको उपचारमा समस्या भएको डीएसपी खनालले बताए ।

गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाउनुपर्ने भए पनि खराब मौसमका कारण हेलिकप्टर दुर्घटनास्थलमा पुग्न नसकेको डीएसपी खनालले बताए ।

हेलिकप्टर उड्न नसक्ने भएपछि गम्भीर गाइतेहरुलाई गाडीबाटै मुगु जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । ‘गाडी बिहानै पठाएका हौँ तर भौगोलिक विकटताका कारण गाडी अस्पताल पुग्न अझै साढे दुई घण्टा लाग्छ भन्ने जानकारी प्राप्त भएको छ’ उनले भने ।

घाइतेहरूको उद्धारको लागि सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा भए पनि खराब मौसमका कारण समस्या भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी वीरबहादुर वलीले बताए । ‘सुर्खेत एयरपोर्टमा हेलिकप्टर तयारी अवस्थामा छ । मौसम खुलेपछि जान्छ’, उनले भने ।

घुम्तीमा पछाडि हटाउने क्रममा जिप सडकदेखि १५० मिटर तल खसेर दुर्घटना भएको थियो । त्यस क्रममा एक जना स्थानीयको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा चंखेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही, मुगुको छायानाथ रारा नगरपालिकाका ४० वर्षीय पृथ्वी रावत, जिपधनी ३५ वर्षीय रमेश मल्ल, बाजुरा बढीगंगाका २५ वर्षीय चालक महेन्द्रबिक्रम शाह र चंखेली गाउँपालिका–२, कि ३५ वर्षीय मायादेवी शाही घाइते भएका प्रहरीले जनाएको छ ।

Previous Post

सतर्कता केन्द्रले माग्यो अनुचित कार्यमा कारबाही गर्ने अधिकार

Next Post

क्याम्पसमा विष्फोटक पदार्थ फ्याँकेर भागेका २ जना पक्राउ

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
क्याम्पसमा विष्फोटक पदार्थ फ्याँकेर भागेका २ जना पक्राउ

क्याम्पसमा विष्फोटक पदार्थ फ्याँकेर भागेका २ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

Top 10 Largest Casinos Inside The Usa

२७ फाल्गुन २०८२, बुधबार

Best Us Mobile Casino Apps & Games 2025

२७ फाल्गुन २०८२, बुधबार
प्रदीप ज्ञवालीको चुनाव खर्च २६ लाख बढी

प्रदीप ज्ञवालीको चुनाव खर्च २६ लाख बढी

२६ फाल्गुन २०८२, मंगलवार
तोलामा ३ हजार ८ सय बढ्यो सुन

तोलामा ३ हजार ८ सय बढ्यो सुन

२६ फाल्गुन २०८२, मंगलवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

Top 10 Largest Casinos Inside The Usa

Best Us Mobile Casino Apps & Games 2025

प्रदीप ज्ञवालीको चुनाव खर्च २६ लाख बढी

तोलामा ३ हजार ८ सय बढ्यो सुन

सिरहामा समानुपातिकतर्फ पनि रास्वपाको वर्चस्व, करिब ५८ प्रतिशत मत

कैलालीमा प्रहरी जवान मृत्यु घटना छानबिन गर्न समिति गठन

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति