Thursday, October 16, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

पूर्वमन्त्रीले फेरे कुरा : पहिला घुस दिएँ भने, अहिले भन्छन्- राजीखुसी हो

प्रभाव संवाददाता by प्रभाव संवाददाता
१ बर्ष अगाडि
in राजनीति, विदेश, समाचार
0
पूर्वमन्त्रीले फेरे कुरा : पहिला घुस दिएँ भने, अहिले भन्छन्- राजीखुसी हो
19
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : साउन ६ गते प्रतिनिधिसभा बैठकमा पूर्वमन्त्री (वनमन्त्री) तथा सांसद वीरेन्द्र महतोले भनेका थिए,‘सानोठिमीमा पाँच हजार घुस दिएर आएको छु, कसले पत्याउँछ, पत्याउनुहुन्छ? मेरो छोराको सर्टिफिकेटको इक्विभेलेन्ट गर्नुपर्ने थियो, मैले ११ बजे पठाएको ३ बजेसम्म गरिदिएन। यो मिलेन, त्यो मिलेन भन्यो। म आफैँ गएँ, मैले सबै मिलेको छ तर किन मिलेन भन्नुहुन्छ भनेँ तर अधिकृतले मिलेको छैन भन्छ, त्यहाँ रहेको बिचौलियालाई मैले पाँच हजार दिएँ, म बसिरहेँ‚ पाँच मिनेटमा काम गराइदिए अनि हामी सुशासनको कुरा गर्छौँ।’

उनले यस्तो बताएपछि सामाजिक सञ्जालदेखि संसदसम्म हंगामा मच्चियो। कतिपयले उनले खुलेआम घुस दिएको भनेपछि घुस दिने पूर्वमन्त्री महतो र लिनेलाई होला कारबाही? भनेर प्रश्न पनि गरे।

त्यसपछि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले साउन ८ गते यो विषयमा छानविन समिति गठन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्‍यो। उक्त समितिलाई छानबिन गरी ७ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न भनिएको थियो।

तर,पहिलो घुस दिएको भनेका उनले पछि भने राजीखुसीले दिएको बताएका छन्। समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ,‘निज सेवाग्राही हतारिएको देखेर कार्यालय परिसरभित्रै रहेको दोस्रो व्यक्तिले सहयोग गरेको भन्ने विषय स्वयम् निवेदक सेवाग्राही र स्वकीय सचिवबाट लिखित र मौखिक रूपमा व्यक्त गर्नुभएको छ, सो काममा सहयोग गरिदिएबापत निजलाई खाजा खुवाउन खोज्दा निजले खाजा खान नमानेकोले खाजा खानको लागि भनी स्वकीय सचिव स्वयमले केही रकम राजीखुसीले दिएको भनी उल्लेख गरेको देखिन्छ।’

समितिले महतोसँग बुझ्दा  नियमानुसार तिर्नु बुझाउनुपर्ने रकमबाहेक थप अन्य रकम कोही कसैले मागेको थिएन भनी जवाफ दिएका छन्। ‘अतिरिक्त रकम दिन कोही कसैले बाध्य पारिएको पनि होइन भनी लेखेको देखिन्छ,एकै दिनमा सेवा प्रवाह भई आफ्नो काम भएकोमा पाठ्यक्रम विकास केन्द्र र तहाँबाट प्रदान गरिएको सेवाप्रति सन्तुष्ट छु भनी उल्लेख भएको प्रश्नावलीमा पाठ्यक्रम विकास केन्द्रको समकक्षतासम्बन्धी कामका बारेमा आफ्नो केही गुनासो नरहेको कुरासमेत उल्लेख गरेको देखियो,’प्रतिवेदनमा उल्लेख छ।

तर, सहयोग गर्ने को हुन भनेर समितिले महतोलाई सोध्दा उनले खुलाउन चाहेनन्। उनले विषयलाई ठूलो इस्यु नबनाइदिन अनुरोध भएको समेत प्रतिवेदनमा उल्लेख छ।

‘निज व्यक्ति को हुन भनी सोध्दा आफ्नो काम भएपछि निजको नाम थर नसोधेको र यस्तोसम्म हुन्छ भनी परिणाम नबुझेर व्यक्त भएको विषयलाई ठूलो इस्यु नबनाइदिन अनुरोध भएको छ,सो दिन निज सेवाग्राही वा उसको सहयोगीवाट आफ्नो कामको सिलसिलामा आइपरेको समस्याको बारेमा कार्यालय प्रमुख वा गुनासो सुन्ने अधिकारी वा शाखा प्रमुखलाई गुनासो वा उजुरी वा जानकारी गराएको देखिएन,’प्रतिवेदनमा उल्लेख छ।

महतोले बोलेको र तथ्यगतमा फरक

पूर्वमन्त्रीसमेत रहेका उनले बोलेको धारणा र वस्तुगत तथ्यमा फरक रहेको समितिको प्रतिवेदनले देखाएको छ। मन्त्री महतोले साउन ६ गते उक्त बैठकमा मैले हिजो मात्र पाँच हजार रुपैयाँ दिई आएको छु भनेर भनेका थिए। तर, निजको छोराको समकक्षताको काम साउन ३ गते नै भइसकेको देखिएको छ।

‘साउन ६ गतेको हिजो साउन ५ गते हुनुपर्नेमा काम साउन ३ गते नै भइसकेको देखिन्छ, मेरो छोराको सर्टिफिकेट इकोभ्यालेन्ट गर्नुपर्ने थियो मैले ११ बजे पठाएको ३ बजेसम्म गर्दिएनन् भनेको सो विषयका सम्बन्धमा साउन महिनाको ३ गते दिनको १२ बजेदेखि साढे तीन बजे भित्रमा कक्षा १० र १२ को समकक्षताको काम सम्पन्न भएको अनलाइन सफ्टवेयरको विवरणबाट देखिन्छ,’प्रतिवेदनमा उल्लेख छ।

उनले यो मिलेन त्यो मिलेन यसो भएन, किन मिलेन भनेर सोधेको पनि बैठकमा बताएका थिए। तर,कागज पत्र नमिलेको नभई नपुग भएको अनलाइनको तथ्यबाट देखिएको छ।

‘कक्षा १० को लागि सर्टिफिकेट र अनलाइन ठेगाना र कक्षा १२ को लागि नागरिकताको दुवै पट्टीको भाग देखिने गरी कागजपत्र पुनः सबमिट गर्न एसएमएस गएको पाइन्छ जुन सिस्टमको रेकर्डबाट देखिएको छ,’प्रतिवेदनमा उल्लेख छ। त्यस्तै,महतोले आफै गए बुझेको बताएका थिए। तर,त्यस दिन गएको देखिएन।

‘समकक्षतासम्बन्धी कारबाहीमा माननीयज्यू आफैँ गएको कुरा उल्लेख गर्नुभएको छ तर सो दिन उहाँ सानोठिमीमा आफू पछि जानुभएको छोराको साथ स्वकीय सचिवलाईसमेत पठाउनुभएको उहाँको जवाफबाट देखिन्छ, आफैँ गएको भए पनि अधिकृतलाई नभेटी फर्किएको उहाँसँगको मौखिक छलफलबाट जानकारी भएको छ,’प्रतिवेदनमा भनिएको छ,‘कर्मचारीहरू ४ बजेसम्म चिया खान गएको विषयलाई सोही दिनको सेवाप्रवाह गरेको सफ्वेयर सिस्टम हेर्दा १२ बजेदेखि साढे तीन बजेसम्म निज सेवाग्राहीको सबै काम सम्पन्न भइसकेको देखिँदा उक्त भनाइमा पनि पूर्ण सहमत हुने आधार देखिँदैन।’

केन्द्रले भन्यो : नाम सार्वजनिक गरेर कारबाही हुनुपर्छ

पाठ्यक्रम विकास केन्द्रले सांसद महतोले कर्मचारीहरूलाई त्यसै आरोप लगाएको भन्दै नामै सार्वजनिक गरेर कारबाही गर्नुपर्ने माग गरेको छ। समितिले पाठ्यक्रम विकास केन्द्रको प्रमुखसँग पनि प्रश्नमार्फत सोधपुछ गरेको थियो।

उक्त जवाफलाई उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ,‘माननीयज्यूले पाँच हजार रूपैयाँ बिचौलियालाई दिएको भने पनि बिचौलिया को थियो र निजले कार्यालयको कुन कर्मचारीलाई के कति रकम दियो भन्ने कुरा खुलाउनुभएको छैन, यो कुरा सत्य भएमा दोषीलाई कानुनबमोजिम कारबाही हुनुपर्छ, आरोप मात्र लगाएर कर्मचारीको मनोबल गिराउने कार्य उचित होइन, कर्मचारी पहिचान गराएमा दोषीलाई प्रचलित कानुनअनुसार कारबाही हुनु पर्दछ।

Previous Post

क्याम्पसमा विष्फोटक पदार्थ फ्याँकेर भागेका २ जना पक्राउ

Next Post

दक्षिण एशियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
दक्षिण एशियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

दक्षिण एशियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्युु

धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्युु

२९ आश्विन २०८२, बुधबार
मधेश संसदीय दलमा पनि फुट्यो जनमत

मधेश संसदीय दलमा पनि फुट्यो जनमत

२९ आश्विन २०८२, बुधबार
राप्रपामा विवाद झन् चर्किंदै, धवलशम्शेर पक्षबाट कार्यसम्पादन बैठक बहिष्कार

राप्रपामा विवाद झन् चर्किंदै, धवलशम्शेर पक्षबाट कार्यसम्पादन बैठक बहिष्कार

२९ आश्विन २०८२, बुधबार
ओलीलाई कारबाहीको मागमा गृहमन्त्री- जाहेरी परिसकेको छ, हामी प्रयासरत छौं

ओलीलाई कारबाहीको मागमा गृहमन्त्री- जाहेरी परिसकेको छ, हामी प्रयासरत छौं

२८ आश्विन २०८२, मंगलवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्युु

मधेश संसदीय दलमा पनि फुट्यो जनमत

राप्रपामा विवाद झन् चर्किंदै, धवलशम्शेर पक्षबाट कार्यसम्पादन बैठक बहिष्कार

ओलीलाई कारबाहीको मागमा गृहमन्त्री- जाहेरी परिसकेको छ, हामी प्रयासरत छौं

प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्चमा धमाधम रिट

रूसले भन्यो : इरानलाई आवश्यक सैन्य सामग्री दिइरहनेछौं

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति