Wednesday, March 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

दक्षिण एशियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

प्रभाव संवाददाता by प्रभाव संवाददाता
२ बर्ष अगाडि
in राजनीति, समाचार
0
दक्षिण एशियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
8
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दक्षिण एशियामा देखा परिरहेका जलवायु परिवर्तनको असरलगायत विविध साझा समस्याको अनुसन्धान गरी समाधानका उपाय सुझाउन दक्षिण एशियाली विश्वविद्यालयका प्राज्ञहरूलाई आग्रह गरेकी छन्।

आज नयाँ दिल्लीमा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट गर्न पुगेका दक्षिण एशियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक केके अग्रवालसँग उनले संयुक्त रूपमा अनुसन्धान गरी समस्या समाधानका उपाय सुझाउन आग्रह गरेकी हुन्। अध्यक्ष अग्रवालसहितको टोलीसँग मन्त्री डा. राणाले भनिन्, ‘जलवायु परिवर्तन अहिले यो क्षेत्रको प्रमुख समस्या भएको छ। दक्षिण एशियाली क्षेत्रका अन्य कैयौँ साझा समस्या छन्। ती समस्याको समाधान गर्न यस विश्वविद्यालयका अनुसन्धाता एवं प्राज्ञले संयुक्त रूपमा अनुसन्धान गरी समाधानका उपाय सुझाउँदा प्रभावकारी कार्यान्वयनमा सहजता हुनेछ।’

भेटमा विश्वविद्यालयका अध्यक्ष प्रा. अग्रवालले विश्वविद्यालयका क्रियाकलापका बारेमा जानकारी गराउँदै यसअन्तर्गत नेपालमा क्याम्पस स्थापना गर्न प्रस्ताव गरे। उक्त विश्वविद्यालय दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्कका सदस्य राष्ट्रहरुको सहभागितामा सञ्चालित छ। सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरू यो विश्वविद्यालयका पदेन कुलपति रहने व्यवस्था छ।

नयाँ दिल्ली पुगेकी परराष्ट्रमन्त्री डा. राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय वार्ता गरेकी थिइन्। मन्त्री डा. राणासँग भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले पनि भेट गरेका थिए।

भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी परराष्ट्रमन्त्री डा. राणा आज अपराह्न स्वदेश फकँदै छिन्।

Previous Post

पूर्वमन्त्रीले फेरे कुरा : पहिला घुस दिएँ भने, अहिले भन्छन्- राजीखुसी हो

Next Post

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई सुरक्षा दिन सांसद दाहालको माग

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई सुरक्षा दिन सांसद दाहालको माग

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई सुरक्षा दिन सांसद दाहालको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
प्रदीप ज्ञवालीको चुनाव खर्च २६ लाख बढी

प्रदीप ज्ञवालीको चुनाव खर्च २६ लाख बढी

२६ फाल्गुन २०८२, मंगलवार
तोलामा ३ हजार ८ सय बढ्यो सुन

तोलामा ३ हजार ८ सय बढ्यो सुन

२६ फाल्गुन २०८२, मंगलवार
सिरहामा समानुपातिकतर्फ पनि रास्वपाको वर्चस्व, करिब ५८ प्रतिशत मत

सिरहामा समानुपातिकतर्फ पनि रास्वपाको वर्चस्व, करिब ५८ प्रतिशत मत

२६ फाल्गुन २०८२, मंगलवार
कैलालीमा प्रहरी जवान मृत्यु घटना छानबिन गर्न समिति गठन

कैलालीमा प्रहरी जवान मृत्यु घटना छानबिन गर्न समिति गठन

२६ फाल्गुन २०८२, मंगलवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

प्रदीप ज्ञवालीको चुनाव खर्च २६ लाख बढी

तोलामा ३ हजार ८ सय बढ्यो सुन

सिरहामा समानुपातिकतर्फ पनि रास्वपाको वर्चस्व, करिब ५८ प्रतिशत मत

कैलालीमा प्रहरी जवान मृत्यु घटना छानबिन गर्न समिति गठन

रवि र बालेनलाई भुटानी प्रधानमन्त्रीले दिए बधाई

वायु प्रदूषण : अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति