काठमाडौं : नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई सुरक्षा दिन सरकारसँग माग गरेका छन्।

बिहीवार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद दाहालले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रार सुरक्षाको कारण देखाउँदै कार्यालयमा अनुपस्थित भएको भन्दै उहाँहरूलाई सुरक्षा दिन सरकारसँग माग गरेका हुन्। उनले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू के कारणले असुरक्षित भएका हुन भन्ने कारण जानकारी गराउन पनि माग गरे।

उनले राजनीतिक समस्या भए वार्ताद्वारा हल गर्न र अपराधजन्य समस्या भए कानुनी प्रक्रियाबाट नियन्त्रण गर्न आग्रह गरे।

सांसद दाहालले विपी राजमार्गमा धेरै दुर्घटना हुँदा जनधनको क्षति हुने गरेको भन्दै विपी राजमार्गमा तत्काल सुरुङमार्ग निर्माण कार्य अगाडि बढाउन पनि माग गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here