Wednesday, March 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

भैँसेपाटीमा निर्माणाधीन मन्त्री आवास दशैँसम्म सम्पन्न गरिने

प्रभाव संवाददाता by प्रभाव संवाददाता
२ बर्ष अगाडि
in राजनीति, समाचार
0
भैँसेपाटीमा निर्माणाधीन मन्त्री आवास दशैँसम्म सम्पन्न गरिने
15
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर : सङ्घीय सरकारअन्तर्गतका मन्त्रीलाई उपलब्ध गराउने उद्देश्यले ललितपुर–१८ भैँसेपाटीमा निर्माणाधीन भवन अन्तिम चरणमा पुगेको छ। भवन निर्माणअन्तर्गत पहिलो चरणको काम सकिएको छभने दोस्रो चरणको केही काम बाँकी छ।

दशैँसम्म सबै काम पूरा गर्ने लक्ष्य राखेर तीव्र गतिमा काम भइरहेको आयोजना प्रमुख मचाकाजी महर्जनले बताए। मन्त्री आवास निर्माणका लागि विसं २०७६ कात्तिक २७ गते हनुमान कन्स्ट्रक्सनले ठेक्का लिएर पहिलो चरणको काम सुरु गरेको थियो।

पहिलो चरणअन्तर्गत भवन निर्माण काम सकिए पनि स्वीमिङपुल, पाकिङ, हेलिप्याडलगायत दोस्रो चरणको काम भइरहेकाले आगामी दशैँसम्म पूर्णता दिने योजना रहेको आयोजना प्रमुख महर्जनले जानकारी दिए। उनका अनुसार प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षसहित सङ्घीय मन्त्रीका लागि २७ वटा भवन बस्न मिल्नेगरी सम्पन्न भएका छन्।

‘भवन निर्माण र भवनभित्रको काम सबै सकिएको छ, अब बाहिरको सजावट बाँकी छ’, महर्जनले भने, ‘हामीले यथाशीघ्र कामलाई पूर्णता दिने प्रयास गरिरहेका छौँ।’ भैँसेपाटीमा ९६ रोपनी १० आना जग्गामा फैलिएको मन्त्री आवास निर्माणका लागि सरकारले रु एक अर्ब तीन करोड ४६ लाख ८३ हजार बजेट छुट्याइएको छ।

आयोजनाका सहइञ्जिनीयर राजीव यादवले मन्त्री आवास क्षेत्रभित्र जिम हल (व्यायाम शाला), स्वीमिङ पुल, सामुदायिक भवन, किराना पसल तथा सुरक्षा निकायका लागि बस्ने व्यवस्था मिलाइएको जानकारी दिनुए। उनका अनुसार प्रत्येक भवनको माथिल्लो तलामा योगका लागि कोठा छुट््याइएको छ।

निर्माण व्यवसायीले भवन निर्माण पूर्ण रुपमा आगामी दशैँसम्म सकिने भन्दै सम्पन्न भएका भवनमा मन्त्री बस्न मिल्ने जनाएको छ। हालसम्म अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, खानेपानीमन्त्री प्रदीप यादव, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी र राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे नयाँ आवासमा सरेका छन्।

प्रदेश प्रमुख र प्रदेश मुख्यमन्त्रीका लागि २४ रोपनी जग्गामा भैँसेपाटीमा निर्माण गरिएका सातवटा भवन निर्माण सकिएर उद्घाटन भइसकेको आयोजना प्रमुख महर्जनले जानकारी दिए। उनका अनुसार प्रदेश मुख्यमन्त्री र प्रदेश प्रमुख काठमाडौँ आउँदा बस्न ती आवास निर्माण गरिएको हो।

Previous Post

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई सुरक्षा दिन सांसद दाहालको माग

Next Post

भारतीय प्रधानमन्त्री मोदी युक्रेन किन जाँदै छन्?

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
भारतीय प्रधानमन्त्री मोदी युक्रेन किन जाँदै छन्?

भारतीय प्रधानमन्त्री मोदी युक्रेन किन जाँदै छन्?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

Mostbetni O’rganish: Asosiy Xususiyatlar va Foydalanuvchi Tajribasi Tahlili

२७ फाल्गुन २०८२, बुधबार

What To Wear To Some Casino The Particular Complete Casino Clothes For Men & Ladies

२७ फाल्गुन २०८२, बुधबार

Top 10 Largest Casinos Inside The Usa

२७ फाल्गुन २०८२, बुधबार

Best Us Mobile Casino Apps & Games 2025

२७ फाल्गुन २०८२, बुधबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

Mostbetni O’rganish: Asosiy Xususiyatlar va Foydalanuvchi Tajribasi Tahlili

What To Wear To Some Casino The Particular Complete Casino Clothes For Men & Ladies

Top 10 Largest Casinos Inside The Usa

Best Us Mobile Casino Apps & Games 2025

प्रदीप ज्ञवालीको चुनाव खर्च २६ लाख बढी

तोलामा ३ हजार ८ सय बढ्यो सुन

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति