विशेषसमाचार

हावाहुरीले थाहा नगरपालिकामा क्षति, सयभन्दा बढी घर प्रभावित

हेटौंडा – मकवानपुरको थाहा नगरपालिकामा बिहीबार साँझ आएको भीषण हावाहुरीले दर्जनौं घरका छाना उडाउनुका साथै तरकारी खेतीका प्लास्टिक टनेलमा ठूलो क्षति पुर्‍याएको छ।

थाहा नगरपालिका–३ र ४ का करिब १०० घरका जस्तापाताको छाना उडाएको साथै करिब ८० वटा टनेल नष्ट भएको सूचना अधिकृत सुरज भुजेलले जानकारी दिए।

‘यो प्रारम्भिक तथ्यांक मात्र हो,’ भुजेलले भने, ‘बिहीबार साँझ ६:३० बजे पानीसँगै आएको हावाहुरीले घर्तिखोला भैरव मन्दिर क्षेत्रका धेरै घरमा क्षति पुर्‍याएको छ।’

स्थानीय प्रशासन र प्रभावित परिवारहरूले क्षतिको विस्तृत विवरण संकलन गर्ने काम जारी राखेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button