हेटौंडा – मकवानपुरको थाहा नगरपालिकामा बिहीबार साँझ आएको भीषण हावाहुरीले दर्जनौं घरका छाना उडाउनुका साथै तरकारी खेतीका प्लास्टिक टनेलमा ठूलो क्षति पुर्याएको छ।
थाहा नगरपालिका–३ र ४ का करिब १०० घरका जस्तापाताको छाना उडाएको साथै करिब ८० वटा टनेल नष्ट भएको सूचना अधिकृत सुरज भुजेलले जानकारी दिए।
‘यो प्रारम्भिक तथ्यांक मात्र हो,’ भुजेलले भने, ‘बिहीबार साँझ ६:३० बजे पानीसँगै आएको हावाहुरीले घर्तिखोला भैरव मन्दिर क्षेत्रका धेरै घरमा क्षति पुर्याएको छ।’
स्थानीय प्रशासन र प्रभावित परिवारहरूले क्षतिको विस्तृत विवरण संकलन गर्ने काम जारी राखेका छन्।