काठमाडौं— बलिउड निर्देशक अनुराग कश्यपले नेपाली फिल्म निर्देशक दीपक रौनियारसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन्।

सोमबार एक भिडियो सन्देशमार्फत कश्यपले रौनियारको प्रशंसा गर्दै भने, ‘दीपकसँग काम गर्न पाउँदा गर्व महसुस गरिरहेको छु। नेपालमा म विशेष रूपमा सम्मान गर्ने दुई फिल्ममेकर छन्— मीन बहादुर भाम र दीपक रौनियार।’

उनले ‘राजागंज’ लाई उत्कृष्ट फिल्म बताउँदै थपे, ‘यो फिल्म नेपालमा बनेको हो, जहाँ नेपाललाई वास्तविक रूपमा देख्न सकिन्छ। यसको कथा नेपालमा मात्र नभई भारतमा पनि सम्बन्धित छ।’

कश्यपले नेपाली सिनेमा अझ माथि जान सक्ने विश्वास व्यक्त गर्दै भने, ‘त्यसको लागि यस्तै फिल्महरू आवश्यक छन्। दर्शकले साथ दिए भने नेपाली फिल्म उद्योग नयाँ उचाइमा पुग्न सक्छ।’

उनले आफू रौनियारको फ्यान भएको उल्लेख गर्दै आग्रह गरे, ‘तपाईं यस्तै उत्कृष्ट फिल्महरू बनाउन रहनुस्।’

अनुराग कश्यप ‘राजागंज’ फिल्मका कार्यकारी निर्माता समेत हुन्। यो फिल्म हालैदेखि हलहरूमा प्रदर्शन भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here