संखुवासभा — संखुवासभा प्रहरीले टेम्पो चोरी गरेको आरोपमा हरि मग्रातीलाई पक्राउ गरेको छ। खाँदबारी नगरपालिका–९ का १८ वर्षीय हरि मग्राती पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताएका छन्।

उनीलाई जिल्ला अदालत संखुवासभाले गत मंसिर ९ गते तीन महिना नौ दिनको कैद सजाय सुनाएको थियो। पक्राउ परेका मग्रातीलाई फैसला कार्यान्वयनका लागि अदालतमार्फत कारागार चलान गरिएको प्रहरीले जनाएको छ।