११ जेठ, काठमाडौं । सञ्चार, सूचना एवं प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कर्मचारी पक्राउ हुँदैमा गृहमन्त्री रमेश लेखेकले राजीनामा दिनु नपर्ने बताएका छन् ।

आइतबार भद्रकालीमा आयोजित फोटो प्रदर्शनी कार्यक्रममा सहभागी हुन जाने क्रममा उनले यस्तो बताएका हुन् ।

सरकारका प्रवक्ता समेत रहेका गुरुङले सुरुमा छानबिन हुन दिनु पर्ने बताए । ‘अध्यागमन (इमिग्रेसन) मा जे खालको अनियमितता भयो भनेर छानबिन भएको छ, छानबिन हुन दिनुहोस्,’ उनले भने ।

गृहमन्त्रीको राजीनामा माग भइरहेको सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नमा गुरुङले प्रतिप्रश्न गरे, ‘एउटा तीर्थ भट्टराई पक्राउ पर्छ, गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्ने हुन्छ र ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here