काठमाडौँ – पार्टीका दुई अध्यक्षले बोलेपछि सत्तारुढ नेकपाको स्थायी समिति बैठक पर्सी(शुक्रबार)सम्मका लागि स्थगित भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकको एजेण्डा प्रस्तुत गर्दै आफ्नो धारणा राखेको नेता देवेन्द्र पौडेलले जानकारी दिए।

बैठकमा पाँच बुँदे एजेण्डा राखेका छन्।

कोरोना नियन्त्रणका लागि सरकारले काम कारबाही, नेपालको सीमा समस्या तथा समाधान, पार्टी एकता, एमसिसी र विविध विषयमा छलफल गर्ने एजेण्डा प्रस्तुत भएका छन्। एजेण्डामाथि नेताहरुले शुक्रबारदेखि धारणा राख्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here