१८ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजको समयसीमा सकिँन लाग्दा पनि सामाजिक सञ्जाल दर्ता प्रक्रियामा कुनै प्रगति नभएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले कुनै पनि सामाजिक सञ्जालले अहिलेसम्म दर्ता प्रक्रिया सुरु नगरेको बताए ।

‘हामी कुरिरहेका छौँ। आज दिनभर समय छ। तर कुनै प्रगति भएको छैन। कुनै सामाजिक सञ्जाल दर्ता गर्न आएका छैनन्,’ ठाकुरले अनलाइनखबरसँग भने, ‘अब भरेसम्म कोही दर्ता हुन नआए के गर्ने भन्ने निश्चित छैन ।’

यसअघि टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट गरी पाँच प्लेटफर्म सूचीकरण भइसकेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here