काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले आम युवाको समग्र पक्षलाई सम्बोधन गर्ने गरी राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक गरेको छ ।
त्यस्तै मन्त्रालयका सचिव लम्सालले सात प्रदेश र विज्ञहरुसहित करिब एक हजारभन्दा बढी व्यक्तिको छलफलबाट उक्त नीति तयार गरिएको बताए । उनले एआईलगायतका विभिन्न प्रविधि भित्रिएसँगै यसलाई सम्बोधन गर्न पनि नीति ल्याएको बताए ।
त्यसैगरी, गुणस्तरीय शिक्षामा युवाको पहुँच बढाउने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय श्रमबजारमा प्रतिस्पर्धी दक्ष युवा जनशक्ति तयार गर्न रोजगारमूलक शिक्षामा युवाको सहभागिता वृद्धि गर्नेलगायत शिक्षासँग सम्बन्धित नौवटा कार्यनीति ल्याएको छ । त्यस्तै, घातक रोग, एचआइभी सङ्क्रमण, लागूऔषध दुव्र्यसन तथा कुलतमा परेका युवाका लागि विशेष कार्यक्रम सञ्चालन गर्नेलगायत स्वास्थ्य क्षेत्रमा आठवटा नीति ल्याएको छ ।
‘डिजिटल’ समावेशीकरणको सिद्धान्तअनुरुप सूचना प्रविधिको प्रयोगमा सबै युवाको सहभागिता सुनिश्चित गर्दै सूचना प्रविधिको क्षेत्रलाई रोजगारीको मुख्य केन्द्रका रुपमा विकास गर्ने, खेलकुद क्षेत्रमा युवाको सहभागितालगायत विषय युवा नीतिमा समावेश गरिएको छ ।