२५ भदौ, काठमाडौं । केही युवाहरुले अहिले काठमाडौंका सडक सफा गरिरहेका छन् । आन्दोलन, तोडफोड र आगजनीको क्रममा भएको फोहोर सफा गर्न युवाहरु खटिएका हुन् ।
उनीहरुले अहिले मीनभवन, बानेश्वर सडकखण्डमा सफाइ गरिरहेका छन् ।
सडक सफाइमा खटिएकाहरुले ‘हामी यो देशका नागरिक हौं, अरू केही होइन’ भनेका छन् ।





