काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सद्भाव र अमनचयनका लागि सबैको पहल आवश्यक भएको बताएका छन् । उनले सम्पूर्ण कार्यकर्तामा विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन पनि आग्रह गरेका छन् ।
उनले आन्दोलनका क्रममा भएको अस्वाभाविक बल प्रयोग, त्यसबाट भएको धनजनको क्षति, ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पत्ति, राजनीतिक दलका कार्यालय र विभिन्न व्यक्तिका निजी निवास तथा सम्पत्तिमा गरिएको हिंसा र तोडफोडप्रति निन्दा गरेका छन् ।