काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार सूचना जारी गर्दै मुलुकको विषम परिस्थितिका कारण विमानस्थल सञ्चालनमा समस्या भएकाले बन्द गरिएको जनाएको छ ।
विमानस्थल बन्द रहेको अवस्थामा यात्रुहरूलाई विमानस्थल नआउन र विमानस्थल खुलेको सूचना पाएपछि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्रै आउन अनुरोध गरिएको छ । कार्यालयले यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।















