काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्कीले जेनजीको नाम भन्दै आफैँले सूची तयार पारेर राष्ट्रपति कार्यालयमा पठाएका छन् ।

‘वार्ताको लागि आह्‌वान भएपछि म आफैँले संवाद सचिवालयलाई सूची पठाएको हुँ,’  कार्कीले भने ‘जेनजी आन्दोलनमा सहभागी साथीहरुले दाइ तपाईंले पहल गरिदिनु भनेपछि मैले लिस्ट पठाएको हुँ । यो कुरा पार्टीसँग सल्लाह गरेर भएको होइन ।’

कार्कीले पठाएको सूचीमा युजन राजभण्डारी, प्रदीप ज्ञवाली, रक्षा बम, रिजन रानामगर, नवीन राई, उपार्जन चाम्लिङ, अनुषा खनाल, नीरज गौतम ‘गोतामे’, सुस्मिता क्षेत्री, आकृति घिमिरे, सुयशा शाक्य, मोनिषा चौधरी लगायतको नाम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here