Sunday, September 21, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

ओलीको भष्मासुर प्रवृत्तिले डढेलोमा पेट्रोल छर्ने काम गर्‍यो : गंगानारायण श्रेष्ठ

प्रभाव संवाददाता by प्रभाव संवाददाता
२ हप्ता अगाडि
in राजनीति, समाचार
0
ओलीको भष्मासुर प्रवृत्तिले डढेलोमा पेट्रोल छर्ने काम गर्‍यो : गंगानारायण श्रेष्ठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव गंगानारायण श्रेष्ठले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको भष्मासुर प्रवृत्तिले देशमा दन्किरहेको डढेलोमा पेट्रोल छर्किने काम गरेको आरोप लगाएका छन् ।

श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै यस्ताे आरोप लगाएका हुन् । फासिवादी ओली सरकारले निहत्था नवयुवाहरूको नरसंहार नेपालको इतिहासमा सधैँ कालो दिनको रूपमा अङ्कित रहने लेखेका छन् ।

जेनजी पुस्ताले गरेको आन्दोलनमाथि सरकारले दमन गर्दा मंगलबार कम्तीमा १९ जना जेनजीको मृत्यु भएको थियो ।सरकारी दमनको आक्रोशमा हिजो देशभर राजनीतिक दलका नेताहरू, तीनका घर र सार्वजनिक सम्पत्ति ध्वस्त बनाएका थिए ।

‘नव फासिवादी ओली सरकारले जसरी निहत्था नवयुवाहरूको नरसंहार गर्‍यो, त्यो नेपालको इतिहासमा सधैँ कालो दिनको रूपमा अङ्कित रहनेछ । त्यो फासिवादी कदमको जति भर्त्सना गरे पनि कमी नै हुनेछ’, उनले लेखेका छन् ।

जेनजी युवाहरूले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारीहरूलाई कडा कारबाही गर्दै सुशासन र सदाचारको स्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखजस्ता मागहरू अत्यन्तै समय सान्दर्भिक भएको उल्लेख गरेका छन् ।

जायज माग र मुद्दालाई ऐक्यबद्धता जनाउँदै थप क्षति हुनबाट रोक्न प्रधानमन्त्रीलाई तुरुन्तै राजीनामा गर्न दबाब दिँदा समेत ओलीको दम्भ र घमण्डले कसैको कुरा नसुनेको उनले आरोप लगाए ।

प्रिय जेनजी नवयुवा साथीहरू !

सर्वप्रथम विद्रोहको क्रममा सहादत प्राप्त गर्नुहुने  सहिदहरूप्रति उच्च सम्मानसहित पुनः एक पटक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

प्रिय नवयुवा साथीहरू !

ढिलै भए पनि प्रधानमन्त्रीले राजीनामा गरेपछि बढ्दै गरेको अराजकतालाई तपाईँहरूले नियन्त्रण गर्नुपर्थ्यो । किनकि, त्यसपछि शान्ति सुव्यवस्था कायम गर्ने मुख्य जिम्मेवारी तपाईँहरूको हुन आउँथ्यो । तर त्यसो हुन सकेन । जसको कारण हेर्दाहेर्दै देशको कानुन बनाउने, कार्यान्वयन गर्ने र कानुनको व्याख्या अनि न्याय निरूपण गर्ने सबै थलोहरू संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालत जलेर खरानी भए । लोकतन्त्रमा राजनीतिक दिशावोध गर्ने राजनीतिक दलका कार्यालयहरू ध्वस्त भए । राति अबेरसम्म आइपुग्दा व्यक्तिको निजी सम्पत्ति लुटपाट र भौतिक संरचनामा समेत क्षति पुर्‍याउने काम भए ।

मलाई विश्वास छ, यस्ता अराजकतापूर्ण हर्कत तपाईँ नव युवाहरूबाट हुनै सक्दैन । तर यस्ता हर्कत गर्ने र गराउनेहरूको तपाईँहरूले राम्रो पहिचान गर्नुपर्छ । उनीहरूलाई कानुनको दायरामा ल्याउनुपर्छ । यही सन्दर्भमा नेपाली सेनालाई पनि भन्न चाहन्छु( तपाईँहरूले समयमै सुरक्षाको जिम्मेवारी लिनुभएको भए देशलाई यो स्तरको खरानी हुनबाट जोगाउन सकिन्थ्यो होला । जेहोस् रातिबाट तपाईँहरूले जसरी सुरक्षाको जिम्मेवारी लिनुभएको छ, त्यसका लागि धन्यवाद दिन चाहन्छु । साथै, देशका सबै नागरिक, राजनीतिक दल, विभिन्न सङ्घसंस्थाहरू सबैलाई शान्ति, सुरक्षा कायम गर्न अनुरोध पनि गर्दछु ।

लोकतन्त्रको विकल्प अझ बढी लोकतन्त्र हो । लोकतन्त्रको विकल्प अरू कुनै तन्त्र हुनै सक्दैन । नेपाली जनताको झन्डै एक शताब्दी लामो त्याग, तपस्या, वीरता, बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी सबैको गौरव हो । समस्याको समाधान पछि फर्किएर सम्भव छैन । त्यसैले थप उपलब्धि हासिल गर्न अघि बढ्नुपर्छ । संसद् विघटन नै गर्ने हो भने पनि संसद् बोलाएर विधिवत् रूपमा संसद् विघटन गरी नयाँ विकल्प खोज्दा हुन्छ । संविधान च्यात्ने होइन, गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समावेशी समानुपातिकताजस्ता मुख्य उपलब्धिहरू कायम राख्दै संविधान संशोधन गर्दा हुन्छ ।

प्रिय नव युवा साथीहरू !

नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको पहल लिनु राम्रो कुरा हो । विद्रोहको निम्ति आवेग चाहिन्छ तर त्यसलाई निष्कर्षमा

पुर्‍याउन विवेकको खाँचो पर्छ । अहिले देशले भोगिरहेको सङ्कट कुनै एउटा पुस्ता, वर्ग, जाति, क्षेत्र, लिङ्ग, राजनीतिक दलले मात्रै समाधान गर्न सम्भव छैन । त्यसैले जे भयो, भयो अब योभन्दा बढी क्षति हुन नदिनुहोस् । इतिहासका खलपात्रहरू बाहेक सबैलाई एक ठाउँमा ल्याएर देश सम्हाल्न लाग्नुहोस् ।

अन्तमा, आफ्ना कमीकमजोरीको निर्मम समीक्षासहित देश निर्माणको महान् ऐतिहासिक कार्यमा अनवरत रूपमा लागिरहने प्रतिबद्धता गर्दछु ।

Previous Post

अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह

Next Post

शून्यतामा देश : खरानीको व्यापार होइन, परिणाममुखी संवाद आवश्यक

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
शून्यतामा देश : खरानीको व्यापार होइन, परिणाममुखी संवाद आवश्यक

शून्यतामा देश : खरानीको व्यापार होइन, परिणाममुखी संवाद आवश्यक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौंको गेस्ट हाउसमा एक युवती मृत फेला

५ आश्विन २०८२, आईतवार
ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

५ आश्विन २०८२, आईतवार
मृतकका परिवारलाई काठमाडौं बस्दा लागेको खर्च सरकारले ब्यहोर्ने

आज मन्त्रिपरिषद् बैठक बस्दै

५ आश्विन २०८२, आईतवार

Faça O Logon E Jogue Online

५ आश्विन २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

काठमाडौंको गेस्ट हाउसमा एक युवती मृत फेला

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आज मन्त्रिपरिषद् बैठक बस्दै

Faça O Logon E Jogue Online

“Sign In Mostbet Guia

A Melhor Plataforma Para Apostas Online Carry Out Brasil

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति