Monday, October 13, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ : महेश बस्नेत

प्रभाव संवाददाता by प्रभाव संवाददाता
५ दिन अगाडि
in समाचार
0
हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ : महेश बस्नेत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२२ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई चुनौती दिएका छन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बस्नेतले हिम्मत भए पक्राउ गर्न चुनौती दिएका हुन् । ‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर । तिम्रो बाउको हिम्मत छ भन्ने शब्द नराम्रो हो त,’ बस्नेतले भने, ‘केपी ओली दोषी हुनुहुन्छ र तिम्रो बाउको हिम्मत छ भने पक्राउ गरेर देखाऊ ।’

जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा उनीमाथि केही जेनजी अगुवाहरुले प्रहरीमा मंगलबार उजुरी दिएका थिए । सो उजुरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा फरवार्ड गरेको थियो ।

त्यसको भोलिपल्ट बस्नेतले ओलीलाई पक्राउ गरेर देखाउन चुनौति दिएका हुन् ।

दलका नेताहरुमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु गरिएको विषयमा पनि बस्नेतले आक्रोश पोखे । उनले युवाहरुको बलमा सत्तामा पुगेकाहरुमाथि पनि अनुसन्धान गर्नुपर्ने बताए । उनले अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङको नामै लिएर पहिले उनीहरुबाट अनुसन्धान सुरु गर्नुपर्ने बताए ।

अरुलाई यत्तिकै भ्रष्टाचारी भनेर आरोप लगाउन नपाइने उनको भनाइ थियो । यसो भन्दै गर्दा आफूहरु ‘दूधले नुहाएको’ नभएको भन्दै उनले भने, ‘हामी एकदमै ओभानो पनि छैनौं । हामी दूधले नुहाएको भनेका पनि छैनौं । यति त भन्न पाइयो नि त । महेश बस्नेत भ्रष्टाचारी हो भने कारबाही गर । होइन भने त भ्रष्टाचारी हो भनेर आरोप लगाउन पाइन्छ त ?’

जेनजी युवा आन्दोलन र त्यसपछिको परिस्थितिको विषयमा ओलीले युवा संघको कार्यक्रममा धारणा राखिसकेको उल्लेख गर्दै बस्नेतले अरु नेताहरुको पनि धारणा सार्वजनिक हुने बताए ।

‘भोलि पार्टीका महत्वपूर्ण नेताहरुले धारणा राख्नुहुन्छ । २४ गते सचिवालय र २७ गते केन्द्रीय कमिटीको बैठक छ । यो महिनाको अन्तिमसम्ममा एमालेले आफ्ना अफिसियल धारणा सबै सार्वजनिक गर्दछ ।’

Previous Post

मलेसियाविरुद्ध नेपाली महिला क्रिकेट टोलीको शृंखला जित

Next Post

तम्घास–सिमलटारी सडक खण्डका ४ ठाउँमा पक्की पुल

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
तम्घास–सिमलटारी सडक खण्डका ४ ठाउँमा पक्की पुल

तम्घास–सिमलटारी सडक खण्डका ४ ठाउँमा पक्की पुल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
परिवारसहित ह्याम्स अस्पताल पुगेर पूर्वराजा शाहले गराए स्वास्थ्य परीक्षण

परिवारसहित ह्याम्स अस्पताल पुगेर पूर्वराजा शाहले गराए स्वास्थ्य परीक्षण

२६ आश्विन २०८२, आईतवार
गुण्डुमा एमाले सचिवालय बैठक सुरु

गुण्डुमा एमाले सचिवालय बैठक सुरु

२६ आश्विन २०८२, आईतवार
बालेन र सुदनविरुद्ध नेविसंघले दियो प्रहरीमा उजुरी

बालेन र सुदनविरुद्ध नेविसंघले दियो प्रहरीमा उजुरी

२६ आश्विन २०८२, आईतवार
बीपी राजमार्गका १९ मध्ये २ ठाउँमा मात्र डाइभर्सन बनाउन बाँकी

बीपी राजमार्गका १९ मध्ये २ ठाउँमा मात्र डाइभर्सन बनाउन बाँकी

२४ आश्विन २०८२, शुक्रबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

परिवारसहित ह्याम्स अस्पताल पुगेर पूर्वराजा शाहले गराए स्वास्थ्य परीक्षण

गुण्डुमा एमाले सचिवालय बैठक सुरु

बालेन र सुदनविरुद्ध नेविसंघले दियो प्रहरीमा उजुरी

बीपी राजमार्गका १९ मध्ये २ ठाउँमा मात्र डाइभर्सन बनाउन बाँकी

नेशनलक्रिस्टियन फेलोशिप नेपालको विशेष साधारण सभा सम्पन्न, निर्वाचन मण्डल गठन

टोखामा एक युवकको हत्या, २ जना पक्राउ

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति