Sunday, December 7, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

डिपोर्ट गरिदिने चेतावनीपछि रद्द भएको थियो दुर्गा प्रसाईंको दिल्ली भ्रमण

Hamro Prabhav by Hamro Prabhav
१ महिना अगाडि
in समाचार
0
डिपोर्ट गरिदिने चेतावनीपछि रद्द भएको थियो दुर्गा प्रसाईंको दिल्ली भ्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१० कात्तिक, काठमाडौैं । जेनजी आन्दोलनपछि काठमाडौंबाट दिल्ली जान लागेका व्यवसायी तथा अभियन्ता दूर्गा प्रसाईंलाई भारतीयले डिपोर्ट गरिदिने चेतावनी दिएपछि अन्तिम समयमा यात्रा रोक्नुपरेको पाइएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईं गत सेप्टेम्बर १७ तारिख अर्थात् असोज १ गते बुधबार अपरान्ह साढे २ बजेको एयर इन्डियाको उडानबाट दिल्ली जाने तयारीमा थिए ।

तर, भारतीय पक्षले त्यसैको बिहान उनलाई जसरी पनि रोक्नुपर्ने भन्दै ‘अनुरोध’ पठाएको थियो । उनको उडान टिकटको प्रतिलिपिसमेत पठाउँदै भारतीय पक्षले उनलाई संवेदनशील अवस्थामा दिल्ली जान नेपालले रोक्नुपर्ने बताएको थियो ।

‘यदि तपाईंहरूले रोक्नुभएन भने हामीले उनलाई दिल्ली एयरपोर्टबाटै फिर्ता पठाइदिनुपर्ने हुन्छ, त्यसो गर्दा दुवै देशलाई राम्रो हुँदैन,’ भारतीय पक्षको आग्रह थियो, ‘त्यसैले तपाईंहरूले यहिँ रोकिदिनुप‍र्‍यो ।’

भारतीय अनुरोध परराष्ट्र हुँदै गृह मन्त्रालय पुग्यो । तर, गृहका अधिकारीले उनलाई नेपालले विदेश जान प्रतिबन्ध लगाउने कुनै मनासिव कानुनी आधार नभएको हुँदै बिना आधार रोक्न अप्ठेरो हुने राय दिए ।

भर्खरै पदमा आएका गृहमन्त्री ओमप्रकाश अर्यालले पनि ‘कानुनले मिल्छ भने रोक्ने हो नत्र कसरी रोक्ने ?’ भनी प्रतिप्रश्न गरेका थिए ।

नेपाली अधिकारीहरूले प्रसाईंको यात्रा रोक्ने अवस्था नभएको जनाउ दिएपछि भारतीय पक्षले नै उनी डिपोर्ट हुनसक्ने जोखिमबारे प्रसाईं नजिकका मानिसलाई जानकारी दिएको थियो ।

त्यसपछि प्रसाईं स्वयंले अन्तिम समयमा यात्रा रद्द गरेका थिए ।

यद्यपि अनौपचारिक कुराकानीका क्रममा प्रसाईंले आफू काठमाडौं विमानस्थल हुँदै भारत जाने तयारीमा रहेको भन्ने सूचनाको खण्डन गरेका छन् । उनले आफू भारत जाँदा काठमाडौं नभई अन्य रुटहरू प्रयोग गर्न थालेको बताए ।

‘मैले बागडोग्रा वा अरु विकल्पबाट दिल्ली जाने हो, काठमाडौं मेरो नियमित रुट होइन,’ प्रसाईंले अनौपचारिक छलफलका क्रममा भने ।

जेनजी आन्दोलनको स्टेकहोल्डरका रुपमा जंगी अड्डालगायत निकायसँग छलफलमा रहेका प्रसाईं नयाँ सरकारमा चाहेको जस्तो भूमिका नपाएको भन्दै क्षुब्ध छन् । उनले अहिलेको सरकार गठनमा पश्चिमा पक्षहरू सक्रिय देखिएको आरोप समेत लगाएका छन् ।

सरकार गठन लगायत विभिन्न निर्णयहरूमा अपारदर्शी खेलहरू भइरहेकाले छलफल गर्नु छ भन्दै भारतीय पक्षसँग कुरा गर्न उनी हवाईमार्गबाट दिल्ली जानका खोजेका थिए । तर भारतीय संस्थापनले उचित रेस्पोन्स नगरेको प्रसंगबीच प्रसाईं केही साता रोकिएका छन् ।

स्रोतका अनुसार केही दिन अगाडि उनी स्थलमार्ग हुँदै दिल्ली पुगेका थिए । तर, दिल्ली भ्रमण सोचेजस्तो नभएको र दिल्ली पुलिसको निगरानीमा पर्नुपरेको प्रसाईंले निकटस्थलाई बताएका छन् ।

काठमाडौंस्थित भारतीय दुतावास स्रोतले भने यो विषयमा आफूहरूलाई थाहा नभएको भन्दै आधिकारिक प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

Previous Post

नेकपाका नेता भन्छन्– माओवादी र समाजवादीसँग वैचारिक मतभेद कायमै छ

Next Post

नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा

Hamro Prabhav

Hamro Prabhav

Next Post
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा

नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

१८ मंसिर २०८२, बुधबार
देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

९ मंसिर २०८२, सोमबार
बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

८ मंसिर २०८२, आईतवार
महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

८ मंसिर २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

एमाले महाधिवेशन भाँड्ने प्रयास हुँदैछ : ओली

निर्वाचन आयोगमा ३७ दल दर्ता, कांग्रेस-एमालेको बाँकी

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति