उदयपुरमा परराष्ट्रमन्त्री खड्कालाई कालो झण्डा, ३ जना पक्राउ
परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाएका छन्। गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखिएको हो। गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटल अघि कालो झण्डा देखाएका हुन्। कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ।
परराष्ट्रमन्त्री डा। खड्का त्रियुगा नगरपालिका-८ स्थित अम्बेरसिंह जनता माध्यामिक बिद्यालय राजावासको बालबालिकाहरुलाई न्यानो कपडा र त्रियुगा नगरपालिका-९ स्थित सरस्वती गाउँमा ७२ घर परिवारमा जडान गरिएको विद्युत् उद्घाटन गर्न आउँने क्रममा कालो झण्डा देखाएको हो।
जुत्ता उद्योगमा भीषण आगलागी, दमकल बिग्रिँदा आगो निभाउन समस्या
झापाको मेचीनगरस्थि काँकडभिट्टामा भीषण आगलागी जारी छ। केहीबेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको हो।
जुत्ता उद्योग एसएस फुटवेरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए।
विदेशबाट फर्केर उद्यमी बनेकालाई सरकारले सम्मान गर्ने
सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ। त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन आह्वान गरेको छ। वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आगामी फागुन १० गतेभित्र आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ। कामदार भिसामा विदेश गरी कम्तिमा एक वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय सञ्चालन गरेको न्यूनतम् एक वर्ष पूरा भएको र विगत पाँच वर्षभित्र श्रम मन्त्रालयबाट पुरस्कार प्राप्त नगरेका व्यक्तिले आवेदन गर्न सक्ने सूचनामा उल्लेख छ।
पुरस्कार आवेदन फारम श्रम मन्त्रालयको वेभसाइटमा राखिएको छ। आवेदनका साथमा नेपाली नागकिताको प्रमाणपत्र, श्रम स्वीकृति, भिसासहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र गत आवको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पेश गर्नुपर्नेछ। आवेदन फाराम मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन वा इमेल गर्न सकिने सूचनामा जनाइएको छ।
एमालेको अफर : काँग्रेसले सभामुखविरुद्ध महाअभियोग ल्याओस्, हामी सघाउँछौँ
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली काँग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए पार्टी सहयोग गर्न तयार रहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले काँग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताएका हुन् ।
उनले सभामुख विधिसम्मत र देशको कानुनसम्मत तरिकाले नचलेको भन्दै यस बारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि बताए । सचिव रायमाझीले एमसीसीको बारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रस्ट पार्ने बताए ।
आजदेखि सुकुम्बासीको जग्गा नापिने
जिल्लाका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो । आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई बुधबार प्रशिक्षण दिएको थियो ।
आयोगका जिल्ला अध्यक्ष बद्रि तिमिल्सीनाका अनुसार भरतपुरका छ वडा, कालिका र माडीका ३/३ वडाबाट काम सुरु गर्न लागिएको हो । सुरुवाती गरेका वडा सकिएसँगै अन्य वडाको काम थालिने छ ।
अनेरास्ववियुले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण, स्थानीय तहको निर्वाचन मिति तोक्न माग
प्रमुख प्रतिपक्षी एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । कान्तिपथस्थित निर्वाचन कार्यालयबाट अध्यक्ष सुनिता बराल नेतृत्वको टोली मार्च पाससहित बालुवाटार पुगेर स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारको ध्यानाकर्षण गराएको हो ।
निर्वाचनको मिति तोक्न आयोगले सरकारलाई आग्रह गरेको पत्रसहित पुगेका अनेरास्ववियुको टोलीले प्रधानमन्त्री कार्यलय कन्ट्रोलका उपसचिव जनकराज भट्टलाई पत्रमार्फत स्थानीय तहको निर्वाचनको मिति तोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
ओमिक्रोनको कहर : एक हप्तामा ५९ हजारले ज्यान गुमाए
विश्व स्वास्थ्य संगठनले विश्वभरका सरकारलाई ओमिक्रोनको खतराबारे पुनः एकपटक सचेत गराएको छ । डब्लूएचओले ओमिक्रोनलाई कोरोनाको ‘माइल्ड’ भेरियन्ट भन्दै प्रतिवन्धलाई खुकुलो पार्न हतारो गर्न नहुने बताएको हो ।
संगठनका अनुसार ओमिक्रोनको सह–भेरियन्ट जति चाँडो गतिमा फैलिरहेको छ, त्यसले कोरोनाको वर्तमान लहर चाँडो खत्तम हुने सम्भावनामा ठूलो झट्का लागेको छ । डब्लूएचओकी प्राविधिक प्रमुख मारिया वान केरखोले विश्वभरका सरकारहरूलाई ओमिक्रोनलाई गम्भीरताका साथ लिन अपिल गरेकी छन् ।
लक्ष्मी बैंकको ब्राण्ड फिल्म निमार्णका लागि क्राउडसोर्सिङ प्रतियोगिता
लक्ष्मी विकास बैंकले आउँदो २० औं वार्षिकोत्सवमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागि निर्माता तथा एजेन्सीहरूका लागि क्राउड सोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ । सो प्रतियोगिताको विजेताले बैंकको ब्राण्ड फिल्म निर्माणका लागि रु.२० लाखको ठेक्का पाउने भएका छन् ।
यो प्रतियोगिता बैंकको पाँच मूल्य मान्यताहरुमा आधारित रहेको छ । सम्बन्धहरु, अन्वेषकहरु, टिमवर्क, जिम्मेवार र प्रगतिशील जसको आधारमा बैंकले २० वर्षको गरिमामय यात्रा तय गर्न सफल भएको बैंकको दाबी छ ।
१४ जिल्लाका सिडिओलाई गृहमन्त्रीको फोनः शान्ति सुरक्षा कस्तो छ?
गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिएका छन। उनले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिएका हुन। गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरी जानकारी लिएका हुन।
फोनवार्तामा गृहमन्त्री खाँणले जिल्लामा कोभिड–१९ सङ्क्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको विवरणबारे जानकारी लिनुका साथै कर्मचारी पठाउनु पर्ने या नपर्ने तथा जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन भनेर सोधपुच गरेका थिए।
अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगल
बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा सेनेगलले बुर्किनालाई ३(१ गोल अन्तरले हराएको हो। साडियो माने, इड्रीशा र अब्दोउ डियालोको गोलमा सेनेगलले सहज जितसंगै तेस्रो पटक फाइनल यात्रा तय गरेको हो। अब सेनेगलले इजिप्ट र आयोजक क्यामरुनबीचको विजेतासंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।














