कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक माघ २७ मा बस्ने
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको प्रथम बैठक माघ २७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। बैठक माघ २७ गते दिउसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। बैठकमा म्याद सकिएका भातृ एवं शुभेच्छुक संस्था बारे छलफल हुने बताइएको छ। यसका साथै पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाका सम्बन्धमा पनि बैठकमा छलफल हुने एजेन्डा रहेको छ।
देशभर आज १७१४ कोरोना संक्रमित थपिए, थप नौ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार ५ सय १३ स्वाब परीक्षण गर्दा १ हजार ७ सय १४ संक्रमित थपिएका हुन् । शुक्रबार ११ हजार ७३ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ५ सय २६ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नौ जनाले ज्यान गुमाएका छन् । र, सोही अवधिमा ४ हजार ७ सय ७१ जना संक्रमण मुक्त भएका छन् । आज थपिएकासँगै देशभर ५२ हजार ७ सय ८० जना सक्रिय संक्रमित रहेका छन् ।
श्रीमानले बनाएको सरकारले संवैधानिक व्यवस्थाको उल्लंघन गर्दै’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारले संवैधानिक व्यवस्थाको उल्लंघन गरिरहेको आरोप लगाएका छन् । शनिबार प्रेस चौतारी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् ।
श्रीमानले बनाएको सरकारका प्रधानमन्त्रीले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लघंन गर्ने धृष्टता गर्दै छन् । कानुनलाई उल्लघंन गर्ने धृष्टता कादापी स्वीकार्य हुने छैन ।’ उनले सरकार बेलैमा नसच्चिए देशव्यापी आन्दोलन थाल्ने चेतावनी दिएका छन् । यसका साथै उनले सरकारले स्थानीय तहको निर्वाचन कानुनमा तोकिएको समय भित्रै गर्नूपर्ने जिकिर गरे । पोखरेलले अहिलेको पाँच दलीय गठबन्धनलाई विचार नमिल्नेहरूको झुन्ड भएको संज्ञासमेत दिएका छन् पाँच दलीय गठबन्धनमा आवद्ध दलहरूमा विचारको समानता नभएको पोखरेलको टिप्पणी छ ।
३ जनाको हत्या गर्न १५ लाखको ‘डिल’
मोरङको उखुबारीमा र ललितपुरको धापाखेलमा ३ जनाको हत्या गर्न मुख्य योजनाकारले १५ लाखमा ‘डिल’ गरेको थाहा भएको छ । मङ्सिर २८ मा धापाखेलमा मोहन प्रसाद लिम्बुको हत्या गरिएको थियो । उनको शव माघ २० मा भेटियो । धरान घर भएका राजेन्द्र कुमार श्रेष्ठलाई पुस ५ मा र सप्तरी घर भएका शम्भु चौधरीलाई पुस ७ मा हत्या गरिएको थियो । राजेन्द्र र शम्भुको शव मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीको खाल्डोबाट उत्खनन गरिएको छ ।
३ जनाको हत्या गर्ने मुख्य योजनाकार हुन्, सिराहा घर भएका ३१ वर्षीय अनिल कुमार मण्डल । उनलाई मोरङको जहदा गाउँपालिका–४ घर भएका २९ वर्षीय दीनानाथ सोनार उर्फ अमित शाहले साथ दिएका थिए । उनीहरू सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा मोरङ धनपालथान गाउँपालिका–७ का नासिर आलम, मोरङको रंगेली नगरपालिका–३ आमतोला बस्ने भारतीय नागरिक मोहम्मद सुभाष र सुनसरीको देवानगञ्ज गाउँपालिका–६ घर भएका १८ वर्षीय मोहम्मद हकिमलाई पैसा दिएर खेतालाको रूपमा प्रयोग गरिएको थियो ।
अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या ९ लाख नाघ्यो
अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिहरुको संख्या ९ लाखभन्दा बढी पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयद्वारा संकलित तथ्याङ्क अनुसार नोवेल कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ९,००,००० नाघेको हो। शुक्रबार दिउँसोसम्मको तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिकामा ९,००,३३४ जनाको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको छ। जनवरी २०२० देखि देशभरिमा ७ करोड ६० लाखभन्दा बढी सङ्क्रमणका घटना पुष्टि भएका छन्।
स्पेनिस ला लिगा : गेटाफेले लेभान्तेलाई हरायो
स्पेनिस ला लिगाको २३औँ राउण्डको खेलमा गेटाफेले सानदार जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा गेटाफेले रेलिगेसनको दबाबमा रहेको लिभान्तेलाई ३–० गोलले हरायो ।
एकपक्षीय खेलमा गेटाफेलाई जिताउन इनेस उनालले दुई तथा कार्लेस एलेनाले एक गोल गरे । गेटाफेले खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो । इनेसले मौरो अरमबारीको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । २९औँ मिनेटमा इनेसले माथियस ओलिभेराको पासमा गोल गर्दै गेटाफेको अग्रता दोब्बर बनाए ।
गेटाफेले अर्को गोल दोस्रो हाफको इन्जुरी समयमा थपेको थियो । कार्लेसले बोर्जा मायोरलको पासमा गोल गर्दै गेटाफेलाई सानदार जित दिलाए । बल पोसेसनमा अब्बल रहेपनि पाहुना टोली लिभान्तेको गोल फर्काउने प्रयास सफल भएन ।














