७ महिनापछि ओली प्रधानमन्त्री निवासमा, देउवा र प्रचण्डसँग भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा अोलीबीच भेटवार्ता भएको छ। एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएपछि शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा प्रमुख दलका अध्यक्षबीच भेटावार्ता सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गाविन्द परियारले जानकारी दिए।
पत्र सार्वजनिक भएपछि प्रचण्ड रुष्ट, सरकारबाट मन्त्री फिर्ता बोलाउने चेतावनी
अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई लेखेको पत्र सार्वजनिक भएपछि सत्ताधारी घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुष्ट बनेका छन। पत्र सार्वजनिक भएपछि प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गर्दै आक्रोश व्यक्त गरेका छन। २९ सेप्टेम्बर २०२१ मा लेखेको पत्र सार्वजनिक भएपछि त्यसमाथि बहस सुरु भएको हो।
एमसीसी पारित गराउने गरी प्रधानमन्त्री देउवा लागिपरेको र सोहीअनुसार एमसीसीबारे लेखिएको पत्र सार्वजनिक भएको प्रचण्डको बुझाइ छ। स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री देउवालाई फोन गरेर आफूले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने चेतावनी दिएका छन।
शिक्षा क्षेत्रको सुधार गर्न ५५ बुँदे योजना : मन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे योजना बनाएर कार्यान्वयनमा ल्याएको बताएका छन् । विद्यालयको भौतिक संरचना सुधारदेखि शिक्षक, कर्मचारीको दरबन्दी मिलान र नयाँ शिक्षक थप गर्ने योजना समेत मन्त्रालयले कार्यान्वयनमा ल्याएको उनले बताए । प्रेस सेन्टर, बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले १८ हजार शिक्षक दरबन्दी खुलाउने बताए ।
सारेगमप लिटल च्याम्प विजेता कृपा भन्छिन्, ‘भोटिङका लागि खासै खर्च गर्नुपरेन’
नेपालमा पहिलो पटक आयोजित सारेगमप लिटल च्याम्प नेपालको उपाधि कृपा पौडेलले हात पारेकी छिन् । शनिबार अबेर राती सम्पन्न प्रतियोगितामा अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिसँगै नगद १६ लाख जितेकी छन् । शो नोवर्डी प्रोडक्सनले भारतको जी ग्रुपसँग फ्रेन्चाइजी लिएर नेपाल भित्राएको प्रतियोगितामा देश विदेशका ३० हजार भन्दा वढी डिजिटल र फिजिकल अडिसनमा प्रतिस्पर्धी सहभागी थिए । सहभागी मध्येबाट मेगा अडिसनमा छानिएका ६० जनाबाट ग्राण्ड अडिसनमा ३५, १५ र उत्कृष्ट ५ छानिएका थिए ।
सुनको मूल्यमा स्थिरता
साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ स्थिर छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
तेजावी सुनको भाउ तोलाको ९२ हजार निर्धारण भएको छ । आइतबार चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबार एक हजार २५० रुपैँयामा कारोबार भएको चाँदी आइतबार पनि त्यही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तिनाउ पुलमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा गएराती जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिपको ठक्करबाट घाइते भएका अन्दाजी ३२ बर्षीय पुरुषको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रदेशिक अस्पतालमा राती साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन बाँकी रहेको छ । गएराती पौने १२ बजे बा १९ च ९१५७ नम्बरको जिपले लु २४प २७५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनालगतै फरार भएका जिप चालकको खोजी भइरहेको छ ।
अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा
हिमपातका कारण दुई दिनदेखि अवरुद्ध त्रिभुवन राजपथ आज बिहानैबाट सञ्चालनमा आएको छ । थाहा नगरपालिकाको दामन, सिम्भञ्ज्याङ तथा अघोर क्षेत्रमा सडक ढाक्ने गरी डेड फिटसम्म हिउँ परेपछि शुक्रबार र शनिबार राजमार्ग अवरुद्ध बनेको थियो । जेसिबी प्रयोग गरी सडकमा जमेको हिउँ हटाइ सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण नर्वेलाई
शनिबार भएको खेलमा नर्वेका थेरिज जोहागले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जित्न सफल भएकी छन् । महिला ७.५ किमी प्लस–७.५ किमी स्किअथ्लोनमा उनले पहिलो स्वर्ण जित्दै स्कीइङमा आफ्नो यस अघिको रेकर्ड तोडेकी हुन् ।
जोहागले यी खेलहरूमा नर्वेको लागि ‘क्रस–कन्ट्री स्कीइङ’ पदकमध्ये पहिलो हुने आशा गरिएको यस खेलमा ४४ मिनेट १३.७ सेकेन्डमा आफ्नो दौड पुरा गरेका हुन् ।










