१ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा सेठ तीन दिने औपचारिक भ्रमणका क्रममा काठमाडौं छन् ।





